नेकपाद्वारा लेनिनजयन्तीको साताव्यापी कार्यक्रम सार्वजनिक

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीले लेनिन जयन्ती तथा नेपालमा कम्युनिस्ट पार्टी स्थापना दिवस साताव्यापीरुपमा मनाउने बताएको छ । सो पार्टीको मंगलबार सम्पन्न स्थायी समितिको बैठकले नेपालमा कम्युनिस्ट पार्टी स्त्थापना भएको दिन २२ अप्रिलको अवसरमा साताव्यापी कार्यक्रमसहित दिवस मनाउने निर्णय गरेको बताइएको छ ।
साेभियत संघ रुसको समाजवादी क्रान्तिका एकजना सुत्रधार तथा मार्क्सवादी सिद्धान्तको प्रयोगकर्ता महान लेनिनको जन्मजयन्तीको सन्दर्भमा नेपालमा पुष्पलाल श्रेष्ठले नेकपाको स्थापना गरेका थिए । विगतमा लेनिन जयन्तीको अवसरमा मनाइदै आएको कार्यक्रमलाई साताव्यापी रुपमा मनाइने निर्णय भएको स्थायी समिति सदस्य अनिल शर्मा बिरहीले बताए। साताव्यापी कार्यक्रम अन्तर्गत आगामी बैशाख ३गते भित्तेलेखन/ प्रचारप्रसार, ४ गते कम्युनिस्ट अग्रजहरूलाई अभिनन्दन ,५ गते सांस्कृतिक कार्यक्रम,६ गते जनप्रदर्शन / सभा/भेटघाट,७ गते अन्तरक्रिया /गोष्ठी , ८ गते रक्तदान कार्यक्रम र ९ गते जनसभा, काठमाडौ तथा जिल्लाहरुले अन्य रचनात्मक कार्यक्रम थप्न सक्ने गरि योजना बनाएको छ।
त्यस्तै नेपाल कम्युनिस्ट पार्टी स्थायी समितिको बैठकले एकीकृत जनक्रान्तिका १५ जना सहिदहरूको जीवनीपरक स्मृति अङ्कसहित महत्वपूर्ण प्रकाशनहरु गर्ने, जवस, मोर्चा, सङ्गठन, विभाग र रासायनिक मलमा गरिएको अनुदान कटौती लगायत विषयमा महत्वपूर्ण निर्णय गरिएको समेत नेता शर्माले बताए ।