नेपाल कम्युनिस्ट पार्टी उपत्यका व्युरोको बैठक सुरु

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीको प्रमुख आतिथ्यता नेकपा उपत्यका व्युरोको बैठक शुरु भएको छ । नेकपा उपत्यका व्युरो इन्चार्ज कृति सीको अध्यक्षतामा शुरु भएको उक्त बैठकमा उपत्यकामा रहेका जिल्ला सेक्रेटरीहरुले रिपोर्टिङ राख्ने काम भइरहेको छ । रिपोर्टपछि महासचिव विप्लव सीले निर्देशनात्मक प्रशिक्षण राख्ने कार्यक्रम रहेको व्युरो इन्चार्ज कृति सीले जानकारी दिए ।