गोर्खा जेलब्रेक ऐतिहासिक

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल शर्माले बिगतका बलिदानलाई बर्तमानका प्रतिरोध आन्दोलनसंग जोडनु पर्छ भन्ने हावर्ड फास्टको भनाईलाई उदृत् गर्दै गोर्खा जेलब्रेक ऐतिहासिक भएको बताएका छन । नेपाल कम्युनिस्ट पार्टी गोर्खाद्वारा आयोजित २२ औ जेल ब्रेक दिवस समारोहलाई सम्बोधन गर्दै नेता अनिलले सो कुरा बताएका हुन्। उनले संसारभरिका बिरलै घटनाको रूपमा मानिएको जेलब्रेक र क्रान्तिकारी महिलाहरुको साहस र सचेतता भएको उल्लेख गर्दै आजको क्रान्तिको उच्चताको ब्याख्या गरेका थिए।
उक्त अवसरमा गोर्खा जेलब्रेक योजनाको मुख्य कमाण्डर तथा नेकपा स्थायी समिति सदस्य उमा भुजेल शिलुले आफुले तत्कालीन व्यक्तिगत जीवनलाई क्रान्ति र परिवर्तनका लागि समर्पण गरेको र त्यो सपना अझै पुरा नभएकोले आवश्यक परे वलिदान दिन तयार रहेको प्रतिबद्धता सहितको मन्तव्य राखेकी थिईन भने कार्यक्रममा नेकपा केन्द्रिय सदस्यहरु पाटन सी, उषा सी, नरेन्द्र सी लगाएतका नेताहरुले मन्तव्य राख्दै क्रान्तिको सपनालाई पुरा गरिछाड्ने धारणा राखेका थिए।
उक्त कार्यक्रममा जेलब्रेक योजनाकी मुख्य पात्र उमा भुजेल शिलु र कविता थापा ( रिता)लाई प्रमाणपत्र सहित अभिनन्दन र सम्मान गरिएको थियो।
शुक्रबार गोर्खाको सदरमुकामस्थित जिल्ला समन्वय समितिको सभाहलमा भएको उक्त कार्यक्रममा नेकपा तनहुँ इन्चार्ज निशान, राष्ट्रिय उध्योग बार्णिज्य महासंघका संयोजक योगेश बुढाथोकी , ट्रेड युनियन महासंघका श्याम सेन्चुरी, नेकपा नेता योगेश कुमाललगायत स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो । उक्त कार्यक्रमको अध्यक्षता कपिल भट्टले गरेका थिए भने कार्यक्रमको सञ्चालन गोर्खा सेक्रेटरी माया चेपाङले गरेकि थिइन् ।
स्मरणीय छ , २२ बर्ष अघि २०५७ साल चैत ७ गते तत्कालीन जनयुद्धको समयमा उमा भुजेल सहित ६ जना महिलाहरुले गोरखामा जेलब्रेक गरेका थिए । संसारभरिका बिरलै घटनाको रूपमा मानिएको जेलब्रेक र क्रान्तिकारी महिलाहरुको साहस र सचेतताको सम्मान तथा स्मरणका लागि गोर्खा जेलव्रेकको दिनलाई नेपाल कम्युनिस्ट पार्टीले दिवसको रूपमा मनाएको हो।