नेकपाको पहलमा सडक दुर्घटनाका घाइतेहरुको हेलिकप्टरमार्फत उद्धार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको पहलमा सडक दुर्घटनाका घाइतेहरुको हेलिकप्टरमार्फत उद्धार भएको छ । आज मध्यान्ह सुर्खेतबाट कालीकोटतिर गइरहेको बोलेरो जीप दैलेख जिल्ला आठबीसकोट गाउँपालिका वडा नं. १ डावमा दुर्घटना हुँदा कालीकोट जिल्ला नरहरीनाथ गाउँपालिका ७ वर्षीय भिष्म बोगटी, ८ बर्षीय प्रतिक्षा बटाला, ८ वर्षीय प्रशान्त बुढा र ३३ बर्षीय दुर्ग वोगटी गम्भीर घाइते भएका थिए भने अन्य ९ जना यात्रुहरु सामान्य घाइते भएका छन। उक्त दुर्घटनाको खबर सार्वजनिक हुना साथ नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी ले बिशेष पहल लिएर घाइतेहरुको हेलिकप्टरमार्फत उद्धार गराएका थिए ।
घाइतेहरुको हेलिकप्टरमार्फत उद्धार गराए पछि प्रवक्ता प्रकाण्ड सी ले घटना घट्ने वित्तिकै उद्दार र उपचार कार्यका निम्ति तदारुकताका साथ पहल गरी हेलिकप्टरमार्फत काठमाडौँ ट्रमा सेन्टरमा पुन्याउन सह्वानिय भूमिका निर्वाह गर्ने दैलेख जिल्ला प्रशासन, कालीकोट जिल्ला प्रशासन, नेपाल कम्युनिष्ट पार्टी र गृह प्रशासन लगायत प्रति विज्ञप्तिमार्फत आभार सहित विशेष धन्यवाद दिएका छन । साथै प्रवक्ता प्रकाण्डले घाइतेहरुको भरपर्दो र निशुल्क उपचार व्यवस्था गर्न नेपाल सरकारसँग विशेष मागसमेत गरेका छन।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी ले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – ‘सुर्खेतबाट कालीकोटतिर गइरहेको बहुसंख्यक बालबालिका सहित १३ जना यात्रुहरु बोकेको बोलेरो जीप दैलेख जिल्ला आठबीसकोट गाउँपालिका वडा नं. १ डावमा आज बिहान १२ बजे दुर्घटना हुँदा कालीकोट जिल्ला नरहरी नाथ गाउँपालिका ७ वर्षीय भिष्म बोगटी, ८ बर्षीय प्रतिक्षा बटाला, ८ वर्षीय प्रशान्त बुढा र ३३ बर्षीय दुर्ग वोगटी गम्भीर घाइते हुनुभएको छ । अन्य ९ जना यात्रुहरु सामान्य घाइते भएको घटनाले हाम्रो पार्टीको ध्यान गम्भीर रुपमा आकर्षित गरेको छ । यो दुखद घटनाबाट पार्टी मर्माहित भएको छ । सर्बप्रथम हाम्रो पार्टी सम्पूर्ण घाइतेहरुको शिघ्र स्वाध्यलाभको कामना गर्दछ । उहाँहरुका आफन्तजन सबैमा बिशेष सहानुभूति प्रकट गर्दछ ।
घटना घट्ने वित्तिकै उद्दार र उपचार कार्यका निम्ति तदारुकताका साथ पहल गरी हेलिकप्टरमार्फत काठमाडौँ ट्रमा सेन्टरमा पुन्याउन सह्वानिय भूमिका निर्वाह गर्ने दैलेख जिल्ला प्रशासन, कालीकोट जिल्ला प्रशासन, नेपाल कम्युनिष्ट पार्टी र गृह प्रशासनलगायत प्रति हाम्रो पार्टी आभार सहित विशेष धन्यवाद व्यक्त गर्दछ । घाइतेहरुको भरपर्दो र निशुल्क उपचार व्यवस्था गर्न नेपाल सरकारसँग विशेष माग गर्दछ । “