नेपाली जनप्रगतिशील मोर्चा साउदीद्वारा वीरजङ्ग पुस्तकालयलाई आर्थिक सहयोग

काठमाडौँ । नेपाली जनप्रगतिशील मोर्चा साउदीले वीरजङ्ग पुस्तकालयलाई रु १० हजार आर्थिक सहयोग गरेको छ। नेपाल कम्युनिस्ट पार्टीनिकट सो मोर्चाका महासचिव प्रसराम घर्तिमगर( बिश्वास )द्वारा प्राप्त रकम नेकपाका महासचिव विप्लव सी मार्फत सोमबार पुस्तकालयलाई हस्तान्तरण गरिएको हो।
स्मरणीय छ , नेपाल कम्युनिस्ट पार्टीका तत्कालिन केन्द्रीय सदस्य वीरजंगको स्मृतिमा नेपाल कम्युनिस्ट पार्टीको कपिलवस्तुस्थित शिवगढीमा रहेको केन्द्रीय कार्यालयमा बीरजंग पुस्तकालय स्थापना गरिएको छ। उक्त पुस्तकालयका अध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल शर्माका अनुसार पुस्तकालयमा ३९० शिर्षकका चार हजारभन्दा बढी पुस्तक अर्थात १ लाख १४ हजार एक सय नब्बे रुपयाँ बराबरका पुस्तक रहेका छन्। पुस्तकालयमा सबै बिचार , भूगोल , मनोविज्ञान र आवश्यकताको संबोधन गरिएको छ। पुस्तकहरु नेपाली , हिन्दी र अंग्रेजी भाषाका रहेका छन् । उक्त पुस्तकालयका पुस्तक अध्ययन गर्नको लागि पुस्तकालयको साधारण र आजीवन सदस्यमध्ये एक बन्नुपर्ने छ, तर पुस्कालयमै बसेर अध्ययन गर्नको लागि सदस्य बन्नु पर्ने बाध्यता छैन ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी संरक्षक रहेको उक्त पुस्तकालयका संचालक समितिमा बसन्त श्रेष्ठ, सुन्दर ओली , भेषराज भुषाल , बिनोद लुइँटेल , सुमनसिंहलगायत रहेका छन् ।