नेकपाले पार्टी स्थापना दिवस भब्यरुपमा मनाउने : बैशाख ९ गते काठमाडौमा बिशाल आमसभा

२०८० बैशाख ३ गते, आईतवार


काठमाडौ । नेपालमा कम्युनिस्ट पार्टीले पार्टी स्थापना दिवस भब्यरुपमा मनाउने जनाएको छ। सो पार्टीले नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७५ औं स्थापना दिवसको सन्दर्भमा यहि बैशाख ९ गते काठमाडौको खुलामञ्चमा बिशाल आमसभा गर्ने भएको छ।
७५ औं स्थापना दिवसको पूर्वसन्ध्यामा नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय समितिद्वारा घोषित सप्ताहव्यापी क्रार्यक्रम अनुसार बैशाख ३ गते -देशव्यापी वालिङ्ग, बैशाख ४ गतेदेशव्यापी क्रान्तिकारी आन्दोलनका जेष्ठ कम्युनिस्ट नेतालाई अभिनन्दन,बैशाख ५ गते-झाँकी सहित साँस्कृतिक कार्यक्रम ,बैशाख ६ गते-देशव्यापी प्रदर्शन र वृक्षारोपण कार्यक्रम ,वैशाख ७ गते देशव्यापी अन्तर्कृया,वैशाख ८ गते रक्तदान र बैशाख ९ गते देशभरी उत्सवसभा र दिपावली, काठमाण्डौमा विशाल जनसभा गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ।
नेपाल कम्युनिस्ट पार्टीले लेनिन जयन्तीको सन्दर्भ पारेर पुष्पलाल श्रेष्ठको नेतृत्वमा २००६ सालमा नेकपा स्थापना भएको दिनलाई स्मरण , समिक्षा र नयाँ प्रतिबद्धतासहित बिभिन्न कार्यक्रम गर्न लागेको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु