नेकपाका प्रवक्ता प्रकाण्ड सी र नेकपा (ए.स.) का अध्यक्ष नेपालबीच भेटवार्ता

२०८० बैशाख ५ गते, मंगलवार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधब नेपालबीच आज भेटवार्ता भएको छ । देश राजनीतिक , आर्थिक ,सास्कृतिक , सामाजिक र बिकासका दृष्टिले इतिहासकै संकटग्रस्त स्थितिमा पुगिरहेको समयमा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधब नेपालबीचको भेटवार्ता अर्थपूर्ण रहेको बुझिएको छ ।
उक्त भेटवार्तामा नेपालको कम्युनिस्ट आन्दोलिन , देशको वर्तमान राजनीतिक संकट र त्यसको दीर्घकालीन र अग्रगामी समाधानको बिषयमा गम्भीर छलफल भएको बताइएको छ। त्यसैगरी , उक्त भेटवार्तामा आगामी बैशाख ९ गते पर्ने नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवस कसरी साझारुपमा मनाउने भन्ने बिषयमा समेत छलफल भएको बताइएको छ।

प्रतिक्रियाहरु

[anycomment]