आज काठमाडौंको खुल्लामञ्चमा बृहत आमसभा : बिभिन्न कम्युनिस्ट पार्टीका शिर्षस्थ नेताले सम्बोधन गर्ने

२०८० बैशाख ९ गते, शनिबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ औं स्थापना दिवसको अवसरमा काठमाडौंको खुल्लामञ्चमा बृहत आमसभा गर्न लागेको छ । नेपाल कम्युनिस्ट पार्टीका अनुसार

आज दिउसो १२ बजे काठमाडौंको त्रिपुरेश्वर , कुपन्डोल , माइतिघर , लैनचौरलगायतका स्थानवाट आएका जुलुस सुन्धारामा एकीकृत हुने खुल्लामञ्चमा पुगेर आमसभामा परिणत हुनेछ।
उक्त आमसभाको एभिन्युज टेलिभिजन र टि भी टुडे ले प्रत्यक्ष प्रसारण गर्ने बताइएको छ।


उक्त आमसभालाई नेकपाका महासचिव बिप्लव , नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई , नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका अध्यक्ष आहुती ,कम्युनिस्ट पार्टीका महासचिव शुसिल र नेकपा मसाललगायतका कम्युनिस्ट पार्टीका शिर्षस्थ नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ।

स्मरणीय छ , रुसी क्रान्तिका नायक लेनिनको जन्मजयन्तीको सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना २००६ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा भएको थियो। नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७५ औं दिवसलाई नेपाल कम्युनिस्ट पार्टीले पहिलो पटक राष्ट्रिय पर्वकोरूपमा मनाउन लागेको हो। सो पार्टीले नेपालका सबै कम्युनिस्ट पार्टीका मुख्य नेताहरूलाई एउटै मञ्चमा ल्याएर कम्युनिस्ट आन्दोलनका बिषयमा बहस र समिक्षा गर्न कार्यक्रम आयोजना गरिएको बताईएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

परिवर्तनको जग जनयुद्ध

२०८१ फाल्गुन २ गते, शुक्रबार

जनयुद्धबिरुद्धको वकवास असैह्य

२०८१ फाल्गुन २ गते, शुक्रबार

‘समाजवादका लागि संविधान संशोधन गरौं’

२०८१ फाल्गुन १ गते, बिहीबार