नेकपाद्वारा आयोजित बृहत जनसभा सुरु

२०८० बैशाख ९ गते, शनिबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको बृहत जनसभा सुरु भएको छ । काठमाडौंको खुल्लामञ्चमा ७५ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको जनसभामा नेकपाले ७५ वटा झण्डा फहराउँदै, ड्रोनमार्फत ७५ औं स्थापना दिवस लेखिएको व्यानर उडाएर , पटका पट्काएर स्थापना दिवसलाई उत्सवका रुपमा उद्घाटन गरेको छ । उक्त जनसभाको संचालन नेकपा प्रवक्ता प्रकाण्ड सीले गरेका छन् । जनसभामा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा , नेकपा माओबादी समाज्वादीका महासचिव शुसिल र नेकपा मसाललगायतका नेताको उपस्थिति रहेको छ । पार्टी स्थापना भएको ७५ औं बर्षको अवसरमा नेकपाले बृहत जनसभाको आयोजना गरेका छ । सुन्धाराबाट सुरु भएको -याली जनसभामा परिणत भएको हो ।

उक्त जनसभामा स्वागत मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टीकी स्थायी समिति सदस्य शिलु सीले नेपाली जनताका लागि आजको दिन ऐतिहासिक भएको बताएकी छन् । उनले नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएर देशमा जनता लागि सुनौं भविश्यको सुरुवात भएको भन्दै आजको दिन जनताका लागि ऐतिहासिक दिन भएको बताइन् ।

जनसभामा स्वागत मन्तव्य राख्दै शिलुले दलाल पुँजीवादले जनताको मुक्ति सम्भव नभएको भन्दै देशमा वैज्ञानिक समाजवादको स्थापना अपरिहार्य भएको बताइन् । ‘अहिले देशमा आर्थिक संकट चुलिएको छ । जनतामा निराशा छ, जनतालाई खाना र नानाको समस्या छ ।’, उनले भनिन्, ‘यो देशमा वैज्ञानिक समाजवाद स्थापना हुन अपरिहार्य छ । कम्युनिस्ट पार्टी स्थापनाको औचित्य अझै पुरा भएको छैन । हामी यो पूरा गरेरै छोड्छौं ।’
उनले जनताको वास्तविक मुक्तिका लागि आफूहरु सदि हुन पनि तयार भएको भन्दै कम्युनिस्ट पार्टी स्थापनाको औचित्य पूरा गरेरै छोड्ने बताइन् ।

प्रतिक्रियाहरु

[anycomment]