नेकपाको ७५औं स्थापना दिवस र पार्टी एकता घोषणाको सन्दर्भ

२०८० बैशाख ११ गते, सोमबार


सन्तोष सी ( विषम)


गत अप्रिल २२ तारेख, नेपाली पात्रो अनुसार २०८० बैशाख ९ गते । नेपाल कम्युनिस्ट पार्टीको ७५औं स्थापना दिवस । यो अवसर पारेर नेपाल कम्युनिस्ट पार्टीले राजधानीको खुला मञ्चमा एक सार्वजनिक कार्यक्रमका साथ भव्य रुपले ७५औं पार्टी स्थापना दिवस तथा लेनिन जयन्तीलाई पार्टी एकता घोषणा सभाको रुपमा मनाएको छ । नेपालका कम्युनिस्ट पार्टीले कम्युनिस्ट नामका सबै घटक समुहहरुका प्रमुख नेताहरुलाई यो कार्यक्रममा बक्ताको रुपमा निमन्त्रणा गरेको थियो । तर केपी ओली नेतृत्वको एमाले, किरण नेतृत्वको नेकपा (क्रा मा), नारायणमा विजुच्छे नेतृत्वको मजदूर किसान पार्टी सहभागी भएनन् । किरण र नारायणमान विजुच्छे ‘रोहित’ले आफ्नै पार्टीको कार्यक्रममा जानु पर्ने बताएर आउन नसक्ने जाकारी दिए, । एमालेले केही वास्ता(Response) नै गरेन । प्रचण्डले उपाध्यक्ष कृष्णबहादुर महरालाई पठायो । नेकपा एसका अध्यक्ष माधव नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई आफै उपस्थित भएर शुभकामना दिए । नेकपा मसालले महासचिव रामप्रसाद पुरीलाई पठायो । श्रमिक जनता पार्टीका अध्यक्ष लक्ष्मण बर्देवा आफै उपस्थित भए । नेकपा एमालेका स्थायी समिति सदस्य मणि थापा संस्थागत रुपले भन्दापनि व्यक्तिगत रुपले सहभागी भए । सबै उपस्थित अतिथिहरुले एउटै मञ्चबाट बोल्नुभयो । बरिष्ट अधिवक्ता तथा बेपत्ता परिवारका तर्फबाट एकराज भण्डारीले शुभकामना दिनु भयो । राम्रो भयो, यसले समस्त कम्युनिस्टहरुमा सकारात्मक उर्जा र उत्साहा प्रवाह गरेको छ ।
कार्यक्रम पार्टी महासचिव कमरेड विप्लव सीको अध्यक्षता र प्रवक्ता कमरेड प्रकाण्ड सीको सञ्चालन र कमर्ेड शिलु सीको स्वागत मन्तव्यमा भव्य रुपमा सम्पन्न भयो । कार्यक्रममा सामना परिवार र राष्ट्रका लागि साँगितिक अभियानका टोलीले आकर्षक प्रस्तुतिहरु प्रस्तुत गरेको थियो । यो कार्यक्रमले कम्युनिस्ट बृत्तमा एउटा नयाँ सन्देश र उत्साह दिन सफल भएको छ । यसअर्थमा सबैलाई म धन्यवाद दिन चाहान्छु ।
२००६ सालमा पुष्पलाल श्रेष्ठ, नारायण विलास जोशी, निरञ्जन गोविन्द वैद्य र नरबहादुर कर्माचार्य ४ जना नेवार समुदायका युवाहरुले तत्कालिन राणा शासनको निरंकुश दमनका कारण निर्वासित अवस्थामा भारतको कोलकत्तामा लेनिनको जन्म दिन पारेर 1949 April 22 तदनुसार वि.सं. २००६ बैशाख १० गतेका दिन नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरे । यसको दुई दिनपछि कम्युनिस्ट पार्टीको नामबाट बैशाख १२ गते कम्युनिस्ट पार्टीको नामबाट एउटा पर्चा विचरण गरिएको थियो । सो कम्युनिस्ट पार्टीको पहिलो पर्चा थियो । यो पर्चाको शिर्षक र यसमा लेखिएको सानो बाक्याँश सन्दर्भ बस यहाँ उदृढ गरिएको छ —
शिर्षक — “नागरिक स्वतन्त्रता, सम्पूर्ण वर्गलाई आवश्यकता”
‘अतः क्रान्तिकारी नागरिक स्वतन्त्रता समिति बनाऊ’
बैशाख १२ गते वितरित यो पर्चामा राणा सरकारले घोषणा गरेको नागरिक स्वतन्त्रताको विषयमा ऐन–कानून, नियमावलीमा नेपाली नागरिकहरुले पढ्न, लेख्न, सभा, संगठन गर्न पाउने अधिकारमाथि पूरै बन्देज लगाएको विषयलाई पूरा विरोध गर्दै –
“हामी प्रत्येक नेपाली नर–नारीहरु यस घोषणालाई लत्याई कोतपर्व होइन, क्रान्तिकारी तरिकाले राणाशाहीको तख्ता उल्टाउनेछौं भन्ने क्रान्तिकारी प्रतिज्ञा गर्नु पर्दछ ।”
पर्चाको अन्तिमतिर लेखिएको छ –
“याद गर सामन्ती समाज र शासन व्यवस्था नेपालमा रहेसम्म बगुलाभगति नेताहरु नेपालको शासनमा छानिएर जनताको दुखकष्ट कम हुँदैन । यो त क्रान्तिकारी जनतालाई भूलमा पार्नु मात्रै हो । अतएवः हाम्रो नारा हुनुपर्छ – राणासंग संझौता होइन, क्रान्ति ! क्रान्ति !! क्रान्ति !!! सामन्तवादी शासन व्यवस्थालाई चकनाचुर गर । जिदेशी साम्राज्यवाद र भारतीय पुँजीवादको घेरा र प्रभावदेखि अलग होऊ, मजदुर र किसानको शासन खडा गर । यस शासनमा धनी साम्राज्यवादी र प्रतिक्रियावादीहरुका दलालहरु बाहेक सबै शोषित जनतालाई हिस्सा देऊ । शोभियत रुस, दक्षिण–पूर्व युरोपका नव–प्रजातन्त्रहरु र आजाद चीनसंग राजनीतिक सम्बन्ध खडा गर । समाजवादको लक्ष राखी शासन गराऊ ।”
पर्चाको अन्तमा लेखिएको छ –
यसैलाई नव–प्रजातन्त्र (New Democrecy) भन्छन् । दक्षिण पूर्व युरोप र आजाद चीनमा यस्तै शासन छ । हामीले पनि यहि गर्नुपर्छ । अतएव नव प्रजातन्त्रवाद –जिन्दावाद, नेपाल कम्युनिस्ट पार्टी – जिन्दावाद ।
यसको ठीक ५ महिनापछि औपचारिक रुपले 15 September 1949 (तदनुसार भदौ २००६ साल भदौ ३० गतेका दिन नेपाल कम्युनिस्ट पार्टीको घोषणपत्र जारी गरेर ४ ओटा शिर्षकहरुमा पार्टीको अवधारणा, नीति तथा कार्यक्रमहरु सार्वजनिक गरिएको छ । जसमा राणा शासनको विकल्पमा नव–प्रजातन्त्रवादी व्यवस्था (नयाँजनवादी व्यवस्था), मजदुर किसानहरुलाई राज्यको मालिक बनाउने, जनताका गास, बास, कपासको ग्यारेण्टी, देशको सामन्तवादको अन्त्य, साम्राज्यवादको विरोध, कम्युनिस्ट अन्तराष्ट्रियता, समुन्नत औद्योगिक कृषि प्रधान देश, समाजवादी शोभियत संघ र नवप्रजातन्त्रवादी देशहरुसंग सम्बन्ध विस्तार आदि बारे पार्टीको धारणा, १२ बुँदे नीति तथा कार्यक्रम, भूमि र किसानहरुको ६ बुँदे माग, जनता र प्राज्ञिक क्षेत्रका ४ बुँदे र महिलाहरुको ६ बुँदे मागहरु उठाएर संयुक्त सघर्षको आह्वान गरिएको छ । यसले नेपाललाई केवल राणा शासन फालेर मात्र हुँदैन यहाँका किसान र मजदुरले पूर्ण अधिकार र राष्ट्रिय स्वाधिनता प्राप्त नहुँदासम्म अविराम संघर्ष अगाडि बढाउने र क्रान्तिद्वारा मात्र यो लक्ष प्राप्त गर्न सकिने कुरा उल्लेख गरिएको छ । यो अझै पनि प्राप्त भएको छैन । यसरी १५ सेप्टेम्बर नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको र यसको तत्कालिक र दीर्घकालिक नीति–कार्यक्रम र पार्टीको अवधारणा सार्वजनिक गरिएको अर्को ऐतिहासिक दिन थियो ।
यी ३ ओटा तिथिहरुमा नेपालका कम्युनिस्टहरुले विवाद र वहस गर्र्दै आएको पनि पाइन्छ जो अनावश्यक छ । यी तीनै तिथिहरु नेपालको कम्युनिस्ट आन्दोलनमा महत्वका ऐतिहासिक दिनहरु हुन् । बास्तव मा पार्टी स्थापना मिति अप्रिल २२ मै हो भन्ने कुरा बैशाख १२ गतेको पर्चा कम्युनिस्ट पार्टीको नामबाट निकालिएको तथ्यले प्रमाणित गर्दछ र यो बहसको विषय नै होइन । दोस्रो यो दिन किन पनि सहि छ भने यो दिन महान कम्युनिस्ट नेता लेनिनको जन्म दिन पनि भएको हुनाले यो अवसर पारेर लेनिन जयन्तीकै दिनलाई छानेका हुन सक्छ । तेस्रो यसमा ४ जना संस्थापकहरुको विमति देखिदैन । यसकारण यसमा विवाद गरिरहनु पर्ने जरुरी छैन । दोस्रो विवाद र बहस पुराना पुस्ताका नेताहरुमा संस्थापक ४ जना वा ५ जना भन्नेमा देखिन्छ । यो पनि अनावश्यक वहस मात्र हो । यसमा पनि पुष्पलालदेखि नरबहादुर कर्माचार्यसम्मको एउटै मत के छ भने २२ अप्रिलका दिन ४ जना मात्र थिए । विवादित मोतीदेवी श्रेष्ठको सहमति थियो तर उपस्थित थिएनन् । पुष्पलालको भनाईमा उनी पार्टी काममा अन्तै गएकी थिइन तर पार्टी कमिटी बनाउनेमा उनको पनि सहमति थियो, भन्ने छ । यसलाई आधार बनाएर उनलाई पनि संस्थापक भनेर एकथरिले भन्दै आएका छन् । तर पार्टी स्थापना गर्दा यी चार जना मात्रै उपस्थित थिए । त्यसैले चार जनालाई नै संस्थापक भनेर भनिदै आएको छ । जे होस शुरुमा यी चार जनाले स्थापना गरे । पछि मोतीदेवीलाई पनि कमिटीमा राख्ने निर्णय गरेको भएपनि निर्णय त चारै जनाले गरे । त्यसकारण चारै जना जो प्रत्यक्ष उपस्थित थिए ती नै आधिकारिक हुने भएकोले चार जनालाई नै संस्थापक गुरु मानेर आएको देखिन्छ । वहाँहरुबाट शुरु गरिएको नेपालको कम्युनिस्ट यात्रा आज ७५औं बर्षमा पुग्दा नेपालमा कम्युनिस्ट यात्रा सार्थक बनेको छ । खुशीको कुरा यो ७४ बर्षसम्म आउँदा नेपालमा कम्युनिस्ट समर्थक जनता जनसंख्याको ६४÷६५ प्रतिशतभन्दा बढी पुगेको छ । दुःखको कुरा कम्युनिस्ट पार्टीहरुको संख्या पनि दुई दर्जन बढी पुगेको छ । त्यसमा अस्तित्वमा र सक्रिय रहेका सानाठूला गरी दर्जन वरिपरी कम्युनिस्ट पार्टीहरु राजनीतिमा सक्रिय छन् ।
बैचारिक धारको हिसावले दुई धारमा नेपाली कम्युनिस्ट आन्दोलन विभाजित छ । एउटा संसदवादी कम्युनिस्ट धार र अर्को क्रान्तिकारी कम्युनिस्ट धार ।
सिद्धान्तको हिसावले तीन÷चारथरि कम्युनिस्टहरु छन् –
 पहिलो, माक्र्सवादी सिद्धान्त मान्नेहरु,
 दोस्रो, माक्र्सवाद–लेनिनवादी सिद्धान्त मान्नेहरु,
 तेस्रो, माक्र्सवादी–लेनिनवादी–माओवादी सिद्धान्त वा माओविचारधारा मान्नेहरु,
 चौथो, स्वतन्त्र बामपन्थी धारा ।
समग्रमा हेर्दा मूलतः माक्र्सवादी र माक्र्सवादी–लेनिनवादी सिद्धान्त भन्नेहरु अलिबढी संसदवादी धारामा प्रवाहित छन् । माओवाद वा विचारधारा मान्नेहरु क्रान्तिकारी धारामा प्रवाहित छन् । यसमा पनि माओविचारधाराका पक्षधरहरु माओवादका विरोधमा छन् र ती क्रान्तिकारी धारामा भन्दा पनि संसदवाद र क्रान्तिकारी (वैज्ञानिक समाजवाद)का बीच पीङ खेलिरहेकाछन् । अन्ततः यो धाराले संसदवादलाई नै टेवा पु¥याइरहेको छ । यिनै विचारहरुमा नमिलेर नै पार्टी टुटफुट हुँदै आएको देखिन्छ ।
संसदवादी धारामा संसदीय अस्तित्व र दलको मान्यता अनुसारका राज्यमा दल दर्ता भएपछि मान्यता प्राप्त दलहरुले संसदीय सुविधाहरु प्राप्त गर्ने भएकोले सुविधा र पदप्रतिस्थाका लागि अनेक नामका संसदीय कम्युनिस्ट पार्टीहरु खोलिएका छन् । यी संसदीय सस्तो बजारमा विक्रीका लागि थापिएका बस्तु बनेका छन् । केही निहुँ नपाएपछि पार्टी स्थापनाको विषयमा अप्रिल २२ कि १५ सेप्टेम्बर भनेर पनि पार्टी फुटाएका छन् जो कुरा विवादित विषय नै होइन । संसदवादी धारा नेपाली संशोधनवादको असली रुप हो । नेपालमा संशोधनवादको दुई आधारहरु थिए — एउटा संवैधानिक राजतन्त्रवादी धारा र दोस्रो गणतन्त्रवादी संसदीय धारा । पहिलो धारा नेपालमा संवैधानिक राजतन्त्र मान्नु पर्छ भन्ने कम्युनिस्ट धारा हो । यो धारा नेपालमा राजतन्त्र हुँदासम्म निकै सक्रिय थियो । २०१२ सालमा तत्कालिन पार्टी महासचिव मनमोहन अधिकारीले राजाको पाउमा कम्युनिस्ट पार्टीमाथिको प्रतिवन्ध फुुकुवा गरिदिने नाममा संवैधानिक राजतन्त्र मान्ने सर्त अघि सारेपछि यो धाराले कम्युनिस्ट आन्दोलनमा औपचारिकता पायो । यहाँबाट शुरु भएको यो धारले कम्युनिस्ट नेताहरुलाई राजदरबारमा भिœयायो । यो २०४६ सम्म कायम रह्यो । यसैको दोस्रो धारा २०१५ सालमा भिœयाइएको गणतन्त्रवादी संसदवादी धारा थियो । यो धारा चुनावबाट जितेर बहुमतको सरकार बनाएर कम्युनिस्ट सत्ता स्थापना गर्नुपर्छ भन्ने सुधारवादी धारा थियो । २०४६ सालमा पञ्चायतको अन्तपछि यी दुई (राजावादी र संसदवादी) धारहरु मिलेर संवैधानिक राजतन्त्रवादी धारको रुपमा बाममोर्चा बन्न पुगे । यो बाममोर्चाले नेपाली काँग्रेससंग मिलेर संवैधानिक राजतन्त्र स्वीकारे र संवैधानिक राजतन्त्र यी संसदवादी दलहरुले स्वीकार गर्ने र संसदीय व्यवस्था राजाले स्वीकार गर्ने सर्तमा राजा र संसदवादी दलहरु एक ठाउँमा मिल्न गए । यो मिलाउने दस्तावेज २०४७ को संविधान थियो । यहि संविधानअनुसार नै उनीहरुले ४७ देखि ६३ सम्मको १७ बर्षीय त्रिपक्षीय सहकार्य र साझेदारी सत्ता चलाए । यो साझेदारी सत्तामा संसदवादी कम्युनिस्ट, राजा र काँग्रेसक मिलेर क्रान्तिकारी कम्युनिस्ट कम्युनिस्टहरुमाथि निर्मम दमन शुरु गरियो । यसले १० बर्षको माओवादी जनयुद्धलाई जन्म दियो । यसले नेपाली कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी र संशोधनवादी धारलाई स्पष्ट रुपमा रेखाङ्कन गरिदियो । यसरी सत्ता र भत्तामा पुगेपछि सवभन्दा बढी टुक्रा हुने कम्युनिष्टहरु संसदवादी कम्युनिस्ट बन्न पुगे । पद र पैसामा कम्युनिस्ट पार्टी र सिद्धान्तलाई संसदवादी बजारमा यति सस्तो बनाइयो कि यी सस्तो बजारमा थाएिका बस्तु जस्तो बन्न पुगे ।
क्रान्तिकारी बृत्तिमा ४ जना संस्थापक र अप्रिल २२ भन्नेमा कुनै विवाद देखिदैन । तर क्रान्तिकारी बृत्तमा बढी कार्यदिशा र विचारको प्रयोग र विकास गर्ने मामिलामा विवाद भएर पार्टी टुटफुुट भएको देखिन्छ । जसरी संसदवादीहरु अप्रिल २२ कि सेप्टेम्बर १५ भनेर टुक्रिए त्यसरी नै क्रान्तिकारी बृत्तमा चुनाव उपयोग गर्ने कि बहिस्कार गर्ने भनेर टुक्रिन्छन् । निर्मल लामादेखि सुदर्शन–कञ्चनसम्मका घटनाहरु यसका उदाहारण हुन् । सशस्त्र संघर्ष कि शान्तिपूर्ण संघर्ष, जनयुद्ध कि जनविद्रोह, भनेर टुक्रिन्छन् । यसमा पनि दुई अतिवादी चिन्तनहरु पार्टी विभाजनका कारण बनेको देखिन्छ । एउटा अति संकीर्ण, जदसूत्रवादी, अधिभूतवादी, यान्त्रिकतावादी चिन्तन–प्रवृत्ति, जसले सिद्धान्तलाई यति जडको रुपमा लिन्छ कि त्यसलाई अलिकति पनि दायाँ बायाँ केही गर्नु हुँदैन भन्छ । यसले माक्र्सवादलाई बन्ध्याकरण गरेर फैलिन र विस्तार हुन र एकढिको हुन दिदैन । यसले अन्तत माक्र्सवादलाई जडसूत्रवादी मन्त्रको रुपमा धर्मको पथ पछ्याउँछ ।
दोस्रो बिचलनवादी धार । यो धारा ठीक पहिलोको विपरित छ । यो तीव्र रुपमा डोलायमान, अस्थिर र विचलनवादी छ । यो संसदवादी धारातिर तीव्र रुपले उन्मुख हुने धारा हो । रुपमा वामपन्थी देखिने तर सारमा विचलनवादी हुने धर्रा समाउने यसको विशेषता रहँदै आएको छ । यो विचलनवाद समन्वयवाद, आत्मसुरक्षावाद, अहँकारवाद, पदलोलुपता, आर्थिक साँगठनिक, साँस्कसतिक अराजकता, विसर्जनवाद, आत्मसमर्पणवाद र लम्पसारवाद आदि रुपहरुमा देखा पर्दछ । यी चिन्तन प्रवृत्तिहरु विचलनवादकै विविध रुपहरु हुन् । यिनै प्रवृत्तिहरु नै आन्दोलन र संघर्षका विभिन्न चरण, मोड र घुम्टीहरुमा आकस्मिक रुपमा देखा पर्छन् र बाधक बनेर उभिन्छन । परिस्थिति अनुसारको रुप–रंग र भाषा–शब्दहरु बदल्दै देखा पर्छन् । क्रान्तिकारी बृत्तिमा देखापर्ने यी रुपहरु विभिन्न आवरणमा हुन्छन् । यी झट्टै चिन्न नसकिने हुन्छन् तर एक ठाउँमा पुगेपछि यो गुटवाद, फुटवाद, नेतृत्वको विरोध, असन्तुष्टि आदिमा देखा पर्छन् । यी कहिलेकाहीँ वडा ढोंगी र पाखण्डीका रुपमा पनि देखा पर्ने गर्दछन् । यिनै विचार प्रवृत्तिहरुले पार्टी एकतामा वाधा हाल्छन् र एक हुन दिदैनन् । यी क्रान्तिकारी बृत्तमा देखिने टुटफुटका कारण हुन् ।
यी तमाम खालका एकताविरोधी अवस्टेकलहरु र चुनौतिहरुलाई एउटा वृहत कम्युनिस्ट सम्मेलन वा गोलमेच सभा गरेर कम्युनिस्टहरुले गंभीर समीक्षा गर्न जरुरी छ । नेपालमा दर्जनौं टुक्रामा विभाजित कम्युनिस्टहरुलाई एकै ठाउँमा ल्याउनु निकै कठिन र जटिल कार्य हो तर कम्युनिस्टहरुले यो नगरिकन धरै छैन किन कि जवसम्म कम्युनिस्टहरु एक हुँदैनन् कम्युनिस्ट विरोधीहरु साम्राज्यवाद र पुँजीवादीहरुले फाइदा उठाइरहनेछन् र कम्युनिस्टहरुलाई झम्टी रहनेछन् । टुक्राइरहनेछन् । कम्युनिस्टहरु टुक्रिनेमा बाहिरबाट यी साम्राज्यवादीहरुको ठूलो हात रहेको छ । यद्यपि मुख्य कुरा कम्युनिस्टहरु आफै हुन् । यसले कम्युनिस्ट क्रान्तिलाई सयौं बर्ष पछि धकेलिने दिन्छ । त्यसैले यदि कोही कम्युनिस्ट साँच्चै कम्युनिस्ट हो र कम्युनिस्ट व्यवस्था चाहन्छ भने उसले कम्युनिस्ट एकताको आधार पहिल्याउनै पर्छ र एकताका आधारहरु खोज्नै पर्छ । आफ्नो संकीर्ण सोचहरुलाई बृहत कम्युनिस्ट एकताका लागि शुली चडाउन वा त्याग्न सक्नु पर्दछ । त्यहि नै कम्युनिस्ट हो जो महान र बृहत छात्ती र सोचका साथ अगाडि बढ्दछ, कमी कमजोरीहरु सच्याउन सक्छ । तर त्यो संसदीय व्यवस्था बचाउनका लागि हुनुहुँदैन, बरु कम्युनिस्टहरुका एक मात्र लक्ष ‘समाजवाद र साम्यवाद प्राप्तीका लागि’ हुनुपर्दछ । समाजवाद आजको कम्युनिस्टहरुको साझा एजेण्डा हो र हुनु पर्दछ । यसका लागि बृहत मोर्चा आजको आवश्यकता हो । यसको लागि कम्युनिस्ट एकता वा समाजवादी मोर्चाको एजेण्डा सबै कम्युनिस्टहरुको साझा एजेण्डा हुनु पर्दछ ।
नेपाली कम्युनिस्ट आन्दोलनको आरोह र अवरोहलाई हेर्दा तेस्रो महाधिवेशनसम्म नेकपाभित्र विभिन्न गुट–उपगुटहरु देखिएपनि औपचारिक विभाजन भएको थिएन । तर तेस्रो महाधिवेशनपछि भने एउटै नेकपा विभिन्न गुटुउपगुटहरुमा विभाजन भयो । नामैपिच्छे आफ्नो नाम झुण्ड्याउँदै नेकपालाई छियाछिया बनाए नेताहरुले । रायमाझी, पुष्पलाल, तुल्सीलाल, मनमोहन, मोहनविक्रम, शम्भूराम, कृष्णराज बर्मा, मानन्धर, निर्मल लामा, रोहित, झापेली पछि माले, नन्दकुमार प्रसाई, लगायतका नेताहरुले आआफ्ना नाममा पार्टीहरु खोले । पछि विभिन्न सामुहिक नामहरुले पहिचान दिदै आए । पार्टी संसदवादी धारमा हाम फालेपछि माओवादी पार्टी पनि दर्जन टुक्रामा विभाजित भए । यसरी हेर्दा टुक्राटुक्रामा विभाजित कम्युनिस्टहरु ४६ पछि फेरी धुवीकृत हुने प्रक्रिया शुरु भयो । २०५२ को जनयुद्धले त एकथरि कम्युनिस्टहरु क्रान्तिमा र अर्काथरी कम्युनिस्टहरुलाई प्रतिक्रियावादी सत्ता साझेदीमा प्¥याइदियो र कम्युनिस्ट र क्रान्तिको विरोधमा सरकारी कम्युनिस्टले सीआइडी–सुराकी गर्ने र दमन शुरु भयो । यसले एकथरि कम्युनिस्टहरु क्रान्तिकारी धारमा र अर्कोथरि संसदवादी धारमा छुट्याइदियो । यसरी फेरी धारको हिसावले दुई बैचारिक धारमा नेपालको कम्युनिस्ट आन्दोलन विभाजित भयो । विस्तारै कम्युनिस्टहरु कि त क्रान्तिकारीतिर र कि संसदवादीतिर जुट्ने प्रक्रिया शुरु भयो । यो अवस्था जनयुद्ध कालभरि र करीव पहिलो संविधानसभाको कालसम्म रह्यो ।
जव पहिलो संविधानसभाको विघटन गरियो र माओवादी सेनाको विघटन र हतियार समर्पण गर्ने काम भयो तव फेरी माओवादी आन्दोलनमा विग्रह शुरु भयो । अन्ततः माओवादी आन्दोलन पनि क्षतविक्षत भयो । माओवादी आन्दोलन नै झण्डै एक दर्जन टुक्रामा विभाजन भयो । यो क्रम २०७९ बाट शुरु भएर २०८० सम्म जारी रह्यो । अव २०८० को शुरुवात संगै फेरी कम्युनिस्टहरुको जुट्ने प्रक्रिया शुरु भएको छ । यसको शुरुवात एकातिर नेकपाले ७५औं पार्टी स्थापना तथा ५४औं लेनिन जयन्तीको दिन बैशाख ९ गते नेकपा र नेकपा (माओवादी समाजवादी) बीच पार्टी एकता गरेर पार्टी स्थापनाकै दिन पार्टी एकताको घोषणा गर्नु, प्रचण्डले पनि समाजवादी केन्द्रको प्रस्ताव अघि सार्नु र महराको संयोजकत्वमा समाजवादी मोर्चाको अवधारण अघि सार्नु , नेकपाबाट कार्वाहीमा परेका कञ्चन–सुदर्शन गुटका कथित बहुमत नामको समुह र किरण नेतृत्वका नेकपा (क्रामा) बीच मे दिवसमा पार्टी एकता गर्ने घोषणा आदि रहेको छ । यस्तै पार्टी एकताका लागि अन्य कतिपय अस्तित्वमा रहेका कम्युनिस्ट घटकहरुसंग पनि नेकपाको छलफल र पहल भइरहेको छ । यसले फेरी कम्युनिस्टहरु जुट्ने मौसम आएको संकेत दिन्छ । यता नेकपा र सुशील, कट्टेल र आहुती बीच विगत दुई तीन बर्षदेखि मोर्चागत सहकार्य हुँदै आएको छ । यसले पनि देशभक्त बामपन्थी शक्तिहरु पार्टी एकता र संयुक्त मोर्चा मार्फत विचार मिल्नेसंग एकता र नमिल्नेसंग सहकार्य र मोर्चाबाट अघि बढ्ने नीतिमा अघि बढीरहेका छन् । यो यो बर्षको शुरुवातसंगै खुला मञ्चबाट नेताहरुले गरेको अभिव्यक्तिहरु र नेकपा र नेकपा (मास) बीच भएको एकताले दिएको शुभसंकेत र सकारात्मक सन्देश थियो ।
हिजो आयोजित नेकपाको खुला मञ्चको कार्यक्रममा नेकपा, (मास), (माके), (एस), (मसाल), (नेसपा), (श्रजपा), सात ओटा पार्टीहरुले एउटै मञ्चबाट बोले । के नेपालका सबै कम्युनिस्टहरुले एउटै मञ्चबाट नेपालमा समाजवादको आवश्यकता र अपरिहार्यताको बारेमा बोल्ने साहस गर्न सक्छन् ? यो नेपालका कम्युनिस्टहरुको चुनौति हो ।
हिजो सम्पन्न कार्यक्रमको अर्को सन्दर्भ लेनिनको १५४औं लेनिन जयन्ती समारोहको थियो । हामी कम्युनिस्टहरु हाम्रा महान गुरुहरुलाई संझन्छौं । हिजो देशैभरी पार्टी स्थापना दिवस तथा महान कम्युनिस्ट गुरु लेनिनको संझानामा विभिन्न रुपमा कार्यक्रहरु गरी मनाउने काम भयो । नेकपाले त यसलाई सप्ताहव्यापी कार्यक्रम तालिका नै सार्वजनिक गरी मनाएको छ । काठ्माण्डौमा उत्सवसभाको रुपमा यसलाई बहुआयामिक बनाएर मनायो । लेनिन संसारमा पहिलो पटक क्रान्तिद्वारा सर्वहारावर्गको समाजवादी सत्ता स्थापना गर्ने महान व्यक्तित्व र नेतृत्व हुनुहुन्थ्यो । वहाँले संसारलाई विश्वको कुनै एक देशमा पनि समाजवाद स्थापना गर्न सकिन्छ भन्ने शिक्षा दिनुभएको छ । वहाँले क्रान्तिद्वारा मात्रै सहि रुपमा सर्वहारा वर्गले राज्यसत्ता आफ्नो हातमा लिन सक्छन् भन्ने कुरा प्रमाणित गर्नु भएको छ । उत्पीडित राष्ट्रहरुलाई आत्मनिर्णयको अधिकार दिने पहिलो नेता लेनिन नै हुनुहुन्थ्यो । क्रान्तिमा मजदुर, किसान, उत्पीडित राष्ट्रहरु, देशका सवै जनताहरु र प्रतिक्रियावादी जारका सेनालाई समेत विद्रोह गराएर क्रान्तिमा सहभागी गराउन सक्ने क्षमता लेनिन मै थियो । चुनावलाई कहिले बहिस्कार र कहिले उपयोग गर्दै क्रान्तिको पक्षमा जनमत खडा गर्न सक्ने व्यक्ति पनि लेनिन नै हुनुहुन्थ्यो । जवकि नेपालमा बहिस्कार गर्ने कि उपयोग गर्ने भन्ने विषयमा नेताहरु कुस्ती खेल्छन् । रिजित र जड मानसिकताले कि त बहिस्कारै बहिस्कार कि त उपयोग नै उपयोगको संसदवादी सोचले पार्टी फुटाउने र स्वार्थसिद्धि गर्ने गर्दै आएका छन् । यो ती जडसूत्रवादी र संसदवादीहरुका लागि पनि भरपर्दो शिक्षा हो । यस लगायत क्रान्ति, समाजवाद, संगठन, दर्शन, सिद्धान्तको क्षेत्रमा अमूल्य योगदान दिएर जाने महान लेनिनलाई उच्च सम्मान गर्दै वहाँले देखाएको बाटोमा अविराम अघि बढ्ने संकल्प वहाँको जन्म जयन्तीको अवसरमा गर्नु श्रेयस्कर ठानेको छु ।
७५औं पार्टी स्थापना दिवसको अवसरमा ४ जना संस्थापक गुरुहरुलाई हार्दिक सम्मान व्यक्त गर्न चाहान्छु । वहाँहरुले विदेशको भूमिमा भएपनि यो कार्यको थालनी नगरेको भए सायद हामी आज यो गर्व गर्न पाउने थिएनौं । त्त्कालिन अवस्थामा वहाँहरुले गरेको यो कार्य एउटा क्रान्तिकै कार्य थियो । यस्तै कम्युनिस्ट विचार र सिद्धान्तलाई विश्व मानवका बीचमा सवभन्दा पहिले अगाडि सारेर केवल कम्युनिस्टहरुलाई मात्र होइन समस्त मानव जातिलाई साम्यवादी उच्च मानव सभ्याता र साम्यवादी समाजको बाटो पहिल्याइदिने दुई महान गुरुहरु माक्र्स र ऐंगेल्स उच्च सम्मानका पात्र हुनुहुन्छ । नेपालमा नेपाली कम्युनिस्ट आन्दोलनमा ६ सालदेखि ८० सालसम्म आउँदा विभिन्न आन्दोलनमा सहिद बन्ने सवै ज्ञातअज्ञात सहिदहरुमा उच्च सम्मान छ । आज जहाँ पुगे पनि २००६ सालदेखि यहाँसम्म आउँदा कम्युनिस्ट आन्दोलनमा सकारात्मक योगदान गर्ने र भूमिका खेल्ने आ–आफ्ना युुग र समयका अगुवा कम्युनिस्टहरुलाई पनि सम्मान व्यक्त गर्दछु । नेपाली कम्युनिस्ट आन्दोलनलाई यो ठाउसम्म ल्यान साथ सहयोग गर्दै आउने नेपाली महान नेपाली जनताप्रति हार्दिक सम्मान छ र आजको दिनमा कम्युनिस्ट आन्दोलनमा देखा परेका विविध विचलनहरुका बीचबाट कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी धारमा उभ्याउँदै विश्व साम्राज्यवाद र पुँजीवादलाई चुनौति दिने, नेपाली जनता र विश्व सर्वहारा वर्गलाई आशाको दियो बालेर क्रान्तिको क्षितिज पहिल्याइदिने युवा कम्युनिस्ट नेता, एकीकृत जनक्रान्तिका प्रनेता र वैज्ञानिक समाजवादका अगुवा, सी जातिका प्रस्तावक कमरेड विप्लव सी लाई हुदयदेखि धन्यवाद र सलाम गर्न चाहान्छु ।
अन्तमा बर्ष २०८० र ७५औं पार्टी स्थापना दिवसले हामी सवैलाई कम्युनिस्ट एकता र टुटफुटको अन्त गर्ने चेतना देओस, सवैको दिमागमा सकारात्मक भाव पलाओस भन्ने शुभेच्छा व्यक्त गर्दै, सबै सबैमा एकता, सफलता र विजयको हार्दिक शुभकामना व्यक्त गर्न चाहान्छु । नेपाल कम्युनिस्ट पार्टीलाई ‘HAPPY BIRTHDAY‘ भन्न चाहान्छु ।
– १० बैशाख २०८० (७५औं पार्टी स्थापना दिवसको सन्दर्भमा)

प्रतिक्रियाहरु

[anycomment]