नेकपाका महासचिव विप्लव सी र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र प्रधानमन्त्री प्रचण्डबीच आज साँझ भेटवार्ता भएको छ । नेकपाका प्रवक्ता प्रकाण्ड सी, पुर्वप्रधानमन्त्री माधवकुमार नेपाल र माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासमेत सहभागी भएको उक्त भेटवार्तामा देशको वर्तमान राजनीतिक संकटको बिषयमा गम्भीर छलफल भएको बताइएको छ।
यसैगरी, उक्त भेटवार्तामा देशमा देखा परेको समस्याको समाधानका लागि क्रान्तिकारी कम्युनिस्ट, प्रगतिशील , सच्चा लोकतन्त्रवादी र देशभक्तहरु एकजुट भएर अगाडी बढ्न आबश्यक भएकोले ‘समाजवादी संयुक्त मोर्चा’ गठनको विषयमा छलफल भएको बताईएको छ ।
उक्त भेटवार्तामा नेकपाका बन्दी नेता – कार्यकर्ताको रिहाई र झुटा मुद्धा खारेजीका साथै रेशम चौधरीलगायतको रिहाइको विषयमा समेत छलफल भएको बताइएको छ ।