महासचिव विप्लव सीद्वारा सहिदस्मृति विद्यालयलाई आबश्यक सहयोग गर्ने प्रतिबद्धता

२०८० बैशाख १४ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले सहिद स्मृति आवासीय बिधालय पोखराको भौतिक संरचना लगायतका समस्याबारे सरकारसङ्ग कुराकानी गर्ने र आबश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन । आज सहिद स्मृति आवासीय बिधालय पोखराका शिक्षक र विद्यार्थीसङ्गको भेटघाट तथा अन्तर्कृया कार्यक्रमा महासचिव विप्लव सीले सो प्रतिबद्धता गरेका हुन।
जनयुद्धको क्रममा सहिद तथा बेपत्ता भएका परिवारका छोराछोरीको लागि पठनपाठन हुने सहिद स्मृति माविमा हाल करिव ४ सय ५० विद्यार्थीहरु पढिरहेका छन । भेटघाट तथा अन्तर्कृयाको क्रममा विद्यालयमा शिक्षक तथा कर्मचारीको दरबन्दी बमोजिमको उपलब्धता नभएको , प्रयोगशाला , पुस्तकालय , खेलकुद , भवन र सौचालयका लागि पर्याप्त भौतिक संरचनाको अपुग रहेकोले आवश्यक पहल गरिदिन बिधालयले महासचिव विप्लव सीलाई आग्रह गरेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]