नेकपाका महासचिव विप्लव सीद्वारा जनकम्युनको तरकारी खेती अवलोकन

२०८० बैशाख १७ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले चितवनको माडी नगरपालिका वडा नम्बर ५ मा रहेको तरकारी खेतीको अवलोकन गरेका छन्। नेकपाको केन्द्रिय उत्पादन विभागको योजना अनुसार माडीमा तरकारी खेती , माछापालन लगाएतका कामहरू शुरूवात गरिएका छन् । नेपाल कम्युनिस्ट पार्टीले आन्दोलनका लागि आवश्यक पर्ने आर्थिक खाचोलाई पुर्ति गर्न जनता र शुभचिन्तकहरुबाट आर्थिक सहयोगका साथै आफ्नै उत्पादनमा भर परेर अगाडि बढ्ने नीति अनुसार कपिलवस्तु , चितवन , दाङ लगाएत देशका विभिन्न जिल्लाहरुमा कृषि उत्पादन ,पशुपालन, साना तथा मध्यम स्तरका उद्योगहरुको निर्माण लगाएतका सामुहिक उत्पादन सम्बन्धि कामहरुको थालनी गरिरहेको छ।
गत असोजमा शिवगढीमा सम्पन्न नेकपाको नवौं महाधिवेशनको लागि माछा ,मासु र तरकारीको ठुलो हिस्सा आफ्नै उत्पादनले धानेको बताइएको थियो। शनिबार जनकम्युनद्वारा माडीमा करिब १० रोपनी जमिनमा गरिएको तरकारी खेतीको अवलोकनमा महासचिव विप्लव,केन्द्रिय उत्पादन विभागबाट सन्देश सी , केन्द्रिय सदस्य अडिग सी लगाएतका नेताहरुको सहभागिता रहेको थियो।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

जनयुद्धबिरुद्धको वकवास असैह्य

२०८१ फाल्गुन २ गते, शुक्रबार

‘समाजवादका लागि संविधान संशोधन गरौं’

२०८१ फाल्गुन १ गते, बिहीबार

आउँदो दशक समाजवादीमय बन्ने निश्चित

२०८१ फाल्गुन १ गते, बिहीबार