नेपालका क्रान्तिकारीहरु र कम्युनिस्टहरुलाई ध्रुवीकरण र एकीकृत गर्नु ऐतिहासिक आवश्यकता

२०८० बैशाख १८ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले नेपालका क्रान्तिकारीहरु र कम्युनिस्टहरुलाई ध्रुवीकरण र एकीकृत गर्नु ऐतिहासिक आवश्यकता भएको बताएका छन । १३४ औं अन्तरास्ट्रिय मजदुर दिवस तथा पार्टी एकता घोषणा कार्यक्रमको संचालन गर्दै प्रवक्ता प्रकाण्ड सीले सो कुरा बताएका हुन।
प्रवक्ता प्रकाण्ड सीले नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा अगाडि बढिरहेको एकीकृत क्रान्ति भनेको मार्क्सवाद, लेनिनवाद र माओवादको नेपाली मौलिकता र बिशेषतामा आधारित नयाँ प्रयोग र नयाँ आयाम भएको बताए । उनले एकीकृत क्रान्तिको कार्यदिशालाई नेपाली क्रान्तिको ठोष परिस्थितिमा प्रयोग गर्दै जादा एकातिर नयाँ संभावना र संकटहरु देखा परिरहेको भन्दै त्यसको समाधान र जनताको मुक्तिको चाहाना जनतामा भएको बताए । प्रवक्ता प्रकाण्ड सीले भने – ‘ साम्राज्यवाद र दलाल पुँजीवाद मुख्य खतराको रुपमा अगाडि आईरहेको छ ,यी सबै कुरालाई ध्यान दिएर नेपालका क्रान्तिकारीहरु र कम्युनिस्टहरुलाई ध्रुवीकरण र एकीकृत गर्नु ऐतिहासिक आवश्यकता छ।त्यो ऐतिहासिक दायित्वको पछिल्लो कडी र पहलकदमी नै कम्युनिस्ट पार्टीहरु बिचको एकता र ध्रुवीकरण हो।”
उक्त पार्टी एकता कार्यक्रममा प्रवक्ता प्रकाण्ड सीले पार्टी एकता तथा मे दिवसको वक्तब्य बाचन गरेका थिए । जुन यस प्रकार रहेको छ –

प्रतिक्रियाहरु

[anycomment]