नेपालको समस्या दलाल पुँजीवाद(भिडियोसहित)

२०८० बैशाख १९ गते, मंगलवार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालको समस्या दलाल पुँजीवाद भएको र यसको समाधान बैज्ञानिक समाजवाद भएको ठोकुवा गरेका छन । १३४ औं अन्तरास्ट्रिय मजदुर दिवस तथा पार्टी एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले सो कुरा बताएका हुन्। महासचिव विप्लव सीले नेपालमा कम्युनिस्ट असफल नभएको भन्दै कम्युनिस्टहरुकै नेतृत्वमा वैज्ञानिक समाजवाद जन्मिने बताए । उनले पार्टी एकताको सन्दर्भमा बोल्दै विप्लवले श्रमिक जनता पार्टीसँगको एकता समाजवादी आन्दोलनको लागि एकता भएको बताए । उनले भने – ‘यहाँ रहेका मजदुर, किसान ,उत्पीडित वर्ग सिकाकाको बाटोमा लाम लाग्ने हिम्मत बढाउनको लागि आजको एकता हो । यो संख्याको कुरा होइन, यो सचेत बिद्रोहको सवाल हो । यो सारा जनताहरुलाई क्रान्तिको ज्वालामुखिमा एकाकार गर्न सडकबाघको नेतृत्व गर्ने झिल्को हो ।’

प्रतिक्रियाहरु

[anycomment]