नेकपा महासचिव विप्लव सी र रेशम चौधरीबिच भेटघाट

२०८० बैशाख १९ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीबिच भेटघाट भएको छ । बिगत ६ बर्षदेखि जेलमा रहेका चौधरीको स्वास्थ स्थित बुझ्न र देशको विद्यमान समसामयिक राजनीतिक परिस्थितिबारे महासचिव विप्लवले डिल्लीबजार कारागारमा रहेका चौधरीलाई भेटघाट गरेका हुन। मङ्गलबार भएको भेटघाटको क्रममा नागरिक उन्मुक्ति पार्टीका नेता चौधरीले आफुमाथी राज्यले अन्याय गरेको र अहिलेको सत्तामा रहेका राजनीतिक पार्टीहरुको गलत प्रवृत्तिका कारण देश संकटमा फस्दै गएकोले अब नेपाली जनताले सत्तासिन राजनीतिक दलहरुको विकल्प खोज्ने बताएका थिए । भने महासचिव विप्लवले चौधरीमाथिको राज्यको रवैया गैरन्यायिक भएको , नेपाल कम्युनिस्ट पार्टीले उनको रिहाईका लागि पहल गर्ने बताएका थिए।
भेटघाटको क्रममा नेपाल कम्युनिस्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबिचका साझा र मिल्ने बिषयमा सहकार्य गरेर जाने सहमति समेत भएको भएको बताइएको छ।
भेटघाटको क्रममा नेकपा स्थायी समिति सदस्य तथा प्रचारप्रसार बिभाग इन्चार्ज अनिल सी ,केन्द्रिय सदस्यहरु दर्शन सी र अडिग सी समेत सहभागी रहेका थिए।

प्रतिक्रियाहरु

[anycomment]