बैज्ञानिक समाजवाद ल्याएरै छाड्छौ
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी ले संसदीय व्यवस्था खारेज गरेर बैज्ञानिक समाजवाद ल्याएरै छोड्ने दृढता व्यक्त गरेका छन । मंगलबार ग्लोबल टेलिभिजन एच डिसंगको अन्तर्वाताका क्रममा प्रवक्ता प्रकाण्ड सी ले सो दृढता व्यक्त गरेका हुन्।
प्रवक्ता प्रकाण्ड सी ले देश र जनता अहिले इतिहासकै जटिल र संकटग्रस्त अवस्थामा पुगेको ठोकुवा गर्दै देश र जनतालाई साम्राज्यवादी हस्तक्षेपवाट मुक्त पार्न आम बामपन्थी , प्रगतिशील , सच्चा लोकतन्त्रवादीलगायत राष्ट्रवादी दल र नेता एकजुट हुनुको बिकल्प नभएको बताए । उनले यसकै लागि नेपाल कम्युनिस्ट पार्टीले माओबादीसम्बद्ध नौ राजनीतिक दललगायत र नेताहरुसंग छलफल अगाडी बढाएको बताए ।
प्रवक्ता प्रकाण्ड सी ले १० बर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनले सामन्तवादको अन्त्य गरेपनि त्यसको ठाउमा जनताको सत्ता र व्यवस्था आउन नसकेको बताए। उनले १० बर्षे जनयुद्धको नेतृव गरेका नेताका कारण संघीय लोकतान्त्रिक गणतन्त्रको रुपमा पुन: सामन्तवाद ब्युझिएको बताउदै यसकै बिरुद्ध ०६५/०६६ देखि नै संघर्ष गर्दी आएको बताए ।
प्रवक्ता प्रकाण्ड सीले अब देशले स्वाधीनता प्राप्त गर्न धेरै समय नलाग्ने वताउदै देशमा साम्राज्यवादीहरु र दलाल पूँजीवादको ठूलो षड्यन्त्र रहेको भन्दै देशभक्त र सच्चा क्रान्तिकारी जनताको बलबाट त्यसलाई परास्त गरी छिट्टै मुलुक स्वाधीन बन्ने ठोकुवा गरे । उनले भने “देशको वस्तुगत अवस्थाले क्रान्तिकारी ध्रुविकरणको माग गरेको छ र हामी माओवादीहरु सचेत पक्ष भएकाले सचेततापूर्वक सोच्ने बेला आएको छ । राष्ट्रिय राजनीतिमा हामीले पहल लिनुपर्छ भन्ने जनताको चाहना छ।सम्पूर्ण माओवादीहरु,कम्युनिस्ट पार्टीहरू, प्रगतिशील लोकतन्त्रवादीहरु, यो देशलाई मायागर्ने देशभक्त र राष्ट्रबादीहरु एकठाउँमा आउनुको विकल्प छैन, सबैले निर्ममतापूर्वक समीक्षा गर्नुपर्छ र यो मुलुक र जनतालाई स्वाधीन बनाउनु पर्छ।”
प्रवक्ता प्रकाण्ड सी ले क्रान्ति भनेको आमुल परिवर्तन भएको उल्लेख गर्दै नेपालमा क्रान्ति सम्पन्न नभएको बताए । उनले भने – ‘ क्रान्ति भनेको आमुल परिवर्तन हो। खराबस्थितिको अन्त्य र देश र जनताले चाहेको व्यवस्था स्थापना गर्नु हो, जुन अहिले हुन् सकेको छैन। ‘
प्रवक्ता प्रकाण्ड सी ले सामान्तवादको अन्त्य नगरी नेपालि जनताले चाहेको व्यवस्था स्थापना हुन् नसक्ने बताउदै यसको लागि सबै एकजुट भएर लड्नुको बिकल्प नभएको बताए ।