नेपाललाई स्वाधीन राष्ट्र बनाउन चाहन्छौ'(भिडियोसहित)

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपाललाई स्वाधीन राष्ट्र बनाउन चाहेको बताएका छन । नेपाल कम्युनिस्ट पार्टी ललितपुरले २०५ औं कार्ल मार्क्स तथा २५७६औं बुद्ध जयन्तीको अवसरमा शुक्रवार ललितपुरस्थित ठेचेमा आयोजित वेपत्तास्मृति पार्कमा वृक्षारोपण तथा वेपत्ता योद्दा परिवार भेटघाट कार्यक्रममा बोल्दै महासचिव विप्लव सीले सो कुरा वताएका हुन्।
महासचिव विप्लव सीले अमेरिकाले विभिन्न वहानामा नेपालमा आर्मी ल्याउन खोज्ने कुरा कदापि स्वीकार्य नहुँने वताए । उनले नेपालका राजनीतिक पार्टीहरु विभिन्न कित्तामा बाँडिएको भन्दै देश र जनताका लागि त्यसरी बाँडिन नहुने बताउदै भारतमा एउटा राजाले गल्ति गर्दा भारत दुईसय वर्ष अङ्ग्रेजको गुलाम बन्नु परेको वृतान्त सुनाउँदै सानो पैसाको लोभमा सिंगो मुलुकलाई गुलाम बनाउने योजना र नयाँ प्रकारको उपनिवेशबाट जोगाउन सवै नेतृत्वहरुले सोच्नु पर्ने उनको भनाई थियो।

महासचिव विप्लव सीले पछिल्लो समयमा माओवादीलाई अपराधीकरण गर्न खोजिएको भन्दै त्यस्तो कुरा असैह्य हुँने बताए। उनले भने – “हामीले सरकारसँग भेटेर वेपत्ता योद्धाको अवस्था सार्वजनिक गर्न माग गरेका छौ यो राज्यका सबै भन्दा बढी हकदार सहिद तथा वेपत्ता योद्धा हुनुहन्छ उहाँहरुलाई सम्मान गर्नु पर्छ ।’
कार्यक्रममा महासचिव विप्लव सी , नेकपा पोलिटब्यूरो सदस्य आस्था सी, नेकपा केन्द्रिय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज विपिन सी, नेकपा ललितपुर सचिव बिकास सी, वेपत्ता स्मृति पार्कका अध्यक्ष केशर गोपाल माली, गोदावरी नगरपालिका १२ का वडा अध्यक्ष जगत वहादुर महर्जन, ठेचोका स्थानिय जनता तथा नेकपाका नेता कार्यकर्ताको उपस्थितिमा वेपत्ता स्मृति पार्कमा फलफूल तथा वनस्पतिको वृक्षारोपण गरीएको थियो। साथै महासचिव विप्लव सी सहितको नेकपा नेता कार्यकर्ताले लालिपुरका वेपत्ता योद्धाहरु राजेन्द्र माली, नन्दगोपाल माली र बाबुराम मालीको परिवार तथा आफन्तसंग भेटघाट /छलफल गरेका थिए।
उक्त कार्यक्रमको सञ्चालन नेवा मुक्ति मोर्चाका केन्द्रिय उपाध्यक्ष रत्न सी ले गरेका थिए।