दलाल राज्य सत्ताले आफ्नो समस्या र संकटलाई जनताको थाप्लोमा थोपर्यो !

२०८० जेष्ठ २४ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य तथा प्रवक्ता प्रकाण्ड सी ले दलाल राज्यसत्ताले आफ्नो समस्या र संकटलाई जबर्जस्त जनताको थाप्लोमा थोपरेको ठोकुवा गरेका छन्। नेपाल कम्युनिस्ट पार्टी पूर्वी र पश्चिम नारायणी व्युरोले मंगलबार आयोजना गरेको संयुक्त राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सी ले सो ठोकुवा गरेका हुन्।


प्रवक्ता प्रकाण्ड सी ले पछिल्लो समयमा देशमा निम्तिएको समस्या जनताको समस्या नभएर पुँजिपती वर्ग र राज्यसत्ताको समस्या भएको बताउदै संसदीय धारमा रहेका कुनै पनि पार्टी पंक्तिले यो समस्याको दीर्घकालीन समाधान दिन नसक्ने र अब परिवर्तनको लागि नेपाली जनताले आशा गरेको पार्टी नेपाल कम्युनिस्ट पार्टी मात्र भएको ठोकुवा गर्दै त्यसकारण सजग, सचेत रहि जिम्मेवारीपूर्वक पार्टी संगठनको नीति र विधान अनुरुप आफ्नो कर्तव्य पूरा गर्न दृढताका साथ लागि पर्न सबै पार्टी पंक्तिलाई आग्रह गरे ।


उक्त प्रशिक्षण कार्यक्रममा पूर्वी र पश्चिम नारायणी व्युरोको ६ वटै जिल्लाका इन्चार्ज तथा सेक्रेटरीले जिल्लाको रिपोर्ट प्रस्तुत गरेका थिए ।
नेकपाका पोलिटव्युरो सदस्य तथा पश्चिम नारायणी व्युरो इन्चार्ज एटम सीको सभाध्यक्षतामा भएको उक्त कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा मकवानपुरका इन्चार्ज राम सीले स्वागत मन्तव्य राखेका थिए भने पोलिटव्युरो सदस्य तथा पूर्वी नारायणी व्युरो इन्च रक्तिम सीले कार्यक्रम सन्चालन गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु