देश र जनताको मुख्य शत्रु दलाल पुँजीवादी संसदीय व्यवस्था

२०८० जेष्ठ २६ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले देश र जनताको मुख्य शत्रु दलाल पुँजीवादी संसदीय व्यवस्था भएको ठोकुवा गरेका छन । नेकपा पूर्वी ताम्सालिङ व्युरोले शुक्रबार आयोजना गरेको राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सी ले सो ठोकुवा गरेका हुन्।
महासचिव विप्लव सी ले नेपाली जनताको अन्तरविरोध नेपालका प्रतिगमकारी राजनीतिक दल तथा दलाल संसदीय व्यवस्था भएको भएपनि अहिले त्यो भन्दामाथिबाट अमेरिकी साम्राज्यवाद जनताको प्रधान सत्रु भएर आएको उल्लेख गर्दै भने – ‘देश र जनताको मुख्य शत्रु दलाल पुँजीवादी संसदीय व्यवस्था नै हो । यसमा कसैले शंका गर्नु हुँदैन । त्यो व्यवस्थाभन्दा माथिबाट अमेरिका प्रत्यक्ष आइपुगेको छ । पहिला यो भारत भएर आउँथ्यो, अहिले प्रत्यक्ष आएको छ । यो एमसीसीमार्फत नेपालमा प्रत्यक्ष आइपुगेको हाम्रो निश्कर्ष छ । त्यही भएर पहिलो यसलाई परास्त पानुपर्यो ।’
महासचिव विप्लव सी ले पछिल्लो भूराजनीति घटना क्रमले अन्तरविरोधमा ठूलो परिवर्तन ल्याएको बताउदै भने – ‘एउटा शक्तिको नेतृत्व भूमण्डलीकृत साम्राज्यवाद (अमेरिकी साम्राज्यवाद)ले गरेको छ । अर्को देशभक्त कम्युनिस्टहरुले गरेका छन् । नेपाली जनताको प्रधान सत्रु अमेरिका बनेर आएको छ । हामी आपसमा लड्दा उसको हस्तक्षप झनै बढ्ने देखेर समावादी मोर्चा निर्माणको पहलकदमी लिएका छौं ।’
महासचिव विप्लव सी लेअमेरिकी साम्राज्यवाद एमसीसीको नाममा नेपालमा शैन्य अखडा बनाउन चाहेको बताउदै भने – ‘अमेरिका नेपालमा शैन्य अखडा बनाएर नेपालका कम्युनिस्ट पार्टी, देशभक्त क्रान्तिकारीहरुलाई सिध्याउने र बचेका दलालहरुसँगको मिलेमत्तोमा साम्राज्यवादी सत्ता संचालन गर्ने योजनामा छ । आफ्ना एजेण्टहरुलाई जनताबाट अनुमोदन गराउने, उनीहरु सत्यवाद हुन भन्ने भ्रम फैल्याएर कम्युनिस्ट क्रान्तिकारी सिध्याउने रणनीति छ ।’

महासचिव विप्लव सी ले नेपालमा अमेरिका प्रत्यक्ष रुपमा आएको भन्दै त्यसको प्रतिरोधका लागि समाजवादी मोर्चा आवश्यक परेको उल्लेख गर्दै भने – ‘नेपालमा अमेरिका आइपुगेको हाम्रो निश्कर्ष छ । त्यही भएर हामीले यस विषयमा अन्य कम्युनिस्ट, देशभक्तहरुसँग छलफल अन्तक्रिया गरिरहेका छौं । उनीहरुसँग पनि हाम्रा थुप्रै अन्तरविरोधहरु छन् । तर अहिले अमेरिकी साम्राज्यवाद मुख्य बनेर आयो । त्यसैले सबै कम्युनिस्ट, देशभक्त एक ठाउँमा आउनुपर्ने परिस्थिति सृजना भएको छ । हामीले सबैलाई समाजवादी मोर्चा बनाउँ भनेर प्रस्ताव गरेका छौं ।’
यसैगरी, महासचिव विप्लव सी ले भूटानी शरणार्थी प्रकरण प्रति लक्षित गर्दै विप्लवले नेपालका पुराना स्थापित पाका नेताहरुलाई विभिन्न काण्डमा फसाएर साम्राज्यवादले नेपाल निल्ने खतरा रहेको बताए । उनले समयमै सचत पहल कदमी नलिएर नेपाल युक्रेन बन्ने खतरा रहेको औंल्याए ।

सोहि, कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी ताम्सालिङ व्युरो इन्चार्ज विकल्प सीले दलाल पुँजीवादी सत्तासँग जनताको मोह भंग भैसकेको बताए । उनले देश दलालहरुका कब्जामा गएर महङ्गी, भ्रष्टाचार, विकृति, विसंगति बढेका कारण जनतामा निराशा छाउँदै व्यवस्थाप्रति मोह भंग भएको बताउदै भने- ‘आजको युवाले क्रान्तिकारी वर्ग र प्रतिक्रान्तिकारी वर्ग चिन्नुपर्छ । हामी कम्युनिस्टहरु क्रान्तिकारी वर्ग हौं । अहिले देश नेपाली जनताको हातमा छैन । विदेशी निगमहरुको कब्जामा छ । जसलाई हामीले प्रतिक्रान्तिकारी वर्ग भनेर बुझ्दछौं ।’
विकल्पले विश्वपरिवेश बदलिएको र क्रान्तिको मोडेल पनि बदलिएको बताउदै भने – ‘हामीले २०औं सताव्दीमा गरेको क्रान्तिसँग अहिलेको परिवेशलाई तुलना गर्न मिल्दैन । त्यो शताब्दीको द्वन्दात्मक भौतिकवादले आजको परिवर्तित विश्व परिवेशलाई नेतृत्व गर्न सक्दैन । त्यसैले नेपालमा मालेमावादको जगमा टेकेर नेपालको बस्तुस्थितिको मुल्याङ्कन गर्दै क्रान्तिको मोडेल परिवर्तन गरिएको छ । त्यो एकीकृत जनक्रान्ति हो ।’


नेकपा पूर्वी ताम्सालिङ व्युरोद्वारा काभ्रेको धुलिखेलमा आयोजित उक्त कार्यक्रमको अध्यक्षता नेकपा केन्द्रीय सदस्य तथा व्युरो इन्चार्ज विकल्प सी ले गरेका थिए भने केन्द्रीय सदस्य तथा काभ्रे जिल्लाइन्चार्ज विन्दु सीले पार्टीको दस्तावेज पढेर सुनाएकी थिइन् । उक्त कार्यक्रमको संचालन नेकपा केन्द्रीय सदस्य अर्जुन सीले गरेका थिए भने उक्त कार्यक्रममा व्युरो अन्तरगतका सम्पूर्ण जिल्ला सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]