नेकपा स्थायी समिति बैठक सम्पन्न :समाजवादी मोर्चामा प्रबक्ता प्रकाण्ड सी ले प्रतिनिधित्व गर्ने निर्णय

२०८० जेष्ठ २७ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले समाजवादी मोर्चा बनाउने निर्णय गरेको छ। सो पार्टीका र महासचिव विप्लव सी को अध्यक्षतामा शनिबार बिहान सम्पन्न स्थायी समिति बैठकले सो निर्णय गरेको हो। बैठकले समाजवादी मोर्चामा पार्टीको तर्फबाट प्रबक्ता प्रकाण्ड सी पठाउने निर्णय समेत गरेको बताइएको छ । बैठकले रास्ट्रिय स्वाधीनताको रक्षा र कम्युनिस्ट,वामपन्थी र समाजवादी आन्दोलनलाई नयाँ उचाइमा उठाउने उदेश्यले बन्न थालेको समाजवादी मोर्चामा पार्टीको अवधारणा सहित प्रबक्ता प्रकाण्ड सी पठाउने निर्णय समेत गरेको बताइएको छ ।
नेपाल कम्युनिस्ट पार्टीले अमेरिकी साम्राज्यवादको हस्तक्षेप तीव्र रूपमा बढ्दै गएको , देशको प्रधानअन्तरबिरोध भूमण्डलीकृत साम्राज्यवाद भएको र देशमा विद्यमान आर्थिक- राजनीतिक संकटको निकासका लागि संयुक्त मोर्चाको नयाँ स्तरमा बिकास गर्नुपर्ने आवश्यकता रहेको निस्कर्ष सहित समाजवादी मोर्चा निर्माण गर्न पहल गरिरहेको बताइएको छ । नेपाल कम्युनिस्ट पार्टी , माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी , बाबुराम भट्टराई लगाएतका पार्टीहरुसङ्ग पहिलो चरणमा मोर्चा निर्माण गर्ने प्रयास भैरहेको बुझिएको छ।

प्रतिक्रियाहरु

[anycomment]