पुँजीवाद रहेसम्म जातीय र बर्गीय मुक्ति असम्भव(भिडियोसहित)

२०८० जेष्ठ ३१ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी ले पुँजीवाद रहेसम्म जातीय र बर्गीय मुक्ति असम्भव भएको ठोकुवा गरेका छन। नेपाल कम्युनिस्ट पार्टी कोशी ब्यूरोले मंगलबार आयोजना गरेको जातीय सवाल र समाजवाद विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सी ले सो ठोकुवा गरेका हुन् ।उनले पुँजीवाद रहेसम्म जातीय र बर्गीय मुक्ति असम्भव भएको ठोकुवा गर्दै समाजवादले मात्रै सबै उत्पीडित जनताको अधिकार र मुक्ति संभव रहेको बताए ।
यसैगरी, महासचिव विप्लव सी ले पूर्वमा चलिरहेको पहिचानको आन्दोलन उत्पीडित नेपाली जनाताको पुरानो राज्य सत्तासंगको लडाई भएकाे बताए। उनले एकिकृत जनक्रान्तिको लडाई जातिय मुक्तिको आन्दोलन सहितकाे लडाई भएकाे बताउदै भने “यो आन्दोलन भनेकै नेपालका श्रमिक, किसान, मजदुर,युवा, महिला,उत्पीडित वर्ग, मधेस सबैको एकिकृत र केन्द्रीकृत लडाई हो याे सङ्गसङ्गै हामी अगाडी बढिरहेका छौं, पुर्वमा चलिरहेको आन्दोलन उत्पीडित नेपाली जनाताको पुरानो राज्य सत्ता संगको लडाईको एउटा फाँट हो।”


महासचिव विप्लव सी ले नेपाल कम्युनिस्ट पार्टी कोशी ब्यूरोले मंगलबार आयोजना गरेको जातीय सवाल र समाजवाद विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन यस प्रकार रहेको छ –

प्रतिक्रियाहरु

[anycomment]