देशको स्वाधीनता बचाउन देशभक्तहरु एक ठाँउमा आउन अपरिहार्य
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले देशको स्वाधीनता बचाउन देशभक्तहरु एक ठाँउमा आउन अपरिहार्य भएको बताएका छन। नेपाल कम्युनिस्ट पार्टीद्वारा कास्कीको पोखरामा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सी ले सो कुरा बताएका हुन।
महासचिव विप्लव सी ले नेपालको संसदबाट एमसीसी पास गराइसकेपछि अब अमेरिकी साम्राज्यवाद नेपालमा प्रत्यक्ष रूपमा आईसकेको ,साम्राज्यवादको हस्तक्षेपबाट देशको स्वाधीनता बचाउन देशभक्तहरु एक ठाँउमा आउन अपरिहार्य रहेको बताउदै भने- “नेपालका पाँच ओटा जिल्लाहरुमा सैन्य व्यारेक खडा गर्न अमेरिकाले सरकारसङ्ग प्रस्ताव गरेको । तर अहिलेको सरकारले त्यो प्रस्ताव अगाडि नबढाएमा आफु अनुकुलको सरकार निर्माण गर्ने र बर्तमान सरकारलाई विस्थापित गर्ने अमेरिकी योजना छ।”
महासचिव विप्लव सी ले नेपाल कम्युनिस्ट पार्टी, नेकपा( माओवादी )केन्द्र, एकीकृत समाजवादी लगाएतका पार्टीहरुसङ्गको मोर्चाको सान्दर्भिकता बारे उल्लेख गर्दै अब बन्न लागेको समाजवादी मोर्चा साझा मुद्दाहरुको सहकार्य मात्र भएको र विचार र राजनीति मिल्नेहरुसङ्ग एकता र ध्रुवीकरण गर्ने र मुद्दा मात्र मिल्नेहरुसङ्ग मोर्चावन्दी वा कार्यगत एकता गर्ने पार्टी नीतिअनुसार समाजवादी मोर्चा निर्माण हुन लागेको बताए ।