समाजवादी मोर्चाको लक्ष्य समाजवाद

२०८० असार ३ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) र नेपाल समाजवादी पार्टीसहितका दलले बनाउन लागेको ‘समाजवादी मोर्चा’ निर्माण कार्य अन्तिम चरणमा पुगेको बताइएको छ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले नेपाल कम्युनिस्ट पार्टी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) र नेपाल समाजवादी पार्टीसहितका दलले समाजवादी मोर्चा बनाउन लागेको र उक्त मोर्चाको लक्ष्य देशमा समाजवाद स्थापना गर्ने रहेको बताए । उनले १० बर्षे जनयुद्ध र १९ दिने जना आन्दोलनमार्फत् नेपालमा सामन्ती राज्य व्यवस्था र शासन प्रणालीको अन्त्य भए पनि देश र जनताले मुक्ति नपाएकोले समाजवादी मोर्चा आबश्यक भएको ठोकुवा गर्दै १० बर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनमार्फत् भएको उपलब्धिको रक्षा गर्दै समाजवादी मोर्चा अघि बढ्ने बताए ।
प्रवक्ता प्रकाण्ड सीले ०६२– ६३ पछि पहिलो संबिधान सभाको बिघटन गरी दोश्रो संबिधान सभाको नाटक मन्चन गरेर त्यसकै बलमा संबिधान बनाएर देश र जनताको इच्छा बिपरित स्थापना गरिएको संघीय लोकतान्त्रिक गणतन्त्र आजको दिनसम्म आउँदा गम्भीर समस्यामूलक बनेको बताए । उनले अहिलेको व्यवस्थाले राष्ट्र र जनतालाई इतिहासकै संकटग्रस्त अवस्थामा पु¥याएको ठोकुवा गर्दै यी तमाम समस्याको अग्रगामी समाधान आवश्यक भएकोले त्यसकै परिपूर्तिका लागि समाजवादी मोर्चा निर्माणको निम्ति जुटेको बताए ।
प्रवक्ता प्रकाण्ड सीले अहिले राष्ट्रिय स्वाधिनता र जनजीविकाका सवालमा देश इतिहासमै संकटग्रस्त अवस्थामा पुगेको उल्लेख गर्दै यसको अग्रगामी, परिवर्तनकारी र दीर्घकालीन समाधान आबश्यक भएकोले समाजवादी मोर्चा गठन गरेर अगाडि बढ्नुको बिकल्प नभएको बताए । उनले यसको निम्ति नेपालका तमाम क्रान्तिकारी र प्रगतिशील राजनीतिक दल र नेताहरुबीच छलफल चलिरहेको बताउँदै अहिले तत्काल नेपाल कम्युनिस्ट पार्टी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) र नेपाल समाजवादी पार्टीसहित समाजवादी मोर्चा बनाउने बिषयमा छलफल चलिरहेको बताए ।
प्रवक्ता प्रकाण्ड सीले समाजवादी मोर्चा निर्माणका निम्ति कार्यदल गठन भएको र उक्त कार्यदलले समाजवादी मोर्चाको अबधारणा तयार पर्ने कार्य सम्पन्न गरिसकेको बताए । उनले कार्यदलले तयार परेको अवधारणा माथि सम्बन्धित पार्टीका मुख्य नेताहरुसँग छलफल गरेर निष्कर्षमा पु-याउने र छिट्टै समाजवादी मोर्चाको घोषणा हुने बताए ।

प्रतिक्रियाहरु

[anycomment]