समाजवादी मोर्चाको औपचारिक घोषणा भोलि अपरान्ह ३ बजे
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) सहितका दलले बनाउन लागेको ‘समाजवादी मोर्चा’ को औपचारिक घोषणा भोलि अपरान्ह ३ बजे राष्ट्रिय सभागृहवाट हुने भएको छ । समाजवादी मोर्चामा आबद्ध हुने दलहरूको प्रधानमन्त्री निवास वालुवाटारमा आज सम्पन्न बैठकले सो निर्णय गरेको नेकपाका प्रवक्ता प्रबक्ता प्रकाण्ड सी ले जानकारी दिए ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ,नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादीका उपेन्द्र यादवसहित प्रधानमन्त्री निवास वालुवाटारमा सम्पन्न बैठकले समाजवादी मोर्चा निर्माण कार्यदलले तयार पारेको अबधारणा परिमार्जनसहित पास गरेको छ। उक्त बैठकले मोर्चाका सहभागी पार्टीहरुले पार्टीभित्र र मोर्चामा सहभागी गराउनु पर्ने घटक हरुसंग समेत छलफल गर्ने निर्णयसमेत गरेको बताइएको छ।