नेकपा केन्द्रिय कार्यालयद्वारा ललितपुरको खुमलटारमा धान रोपाइँ
२०८० असार ६ गते, बुधबार
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय कार्यालयले ललितपुरको खुमलटारमा करिब ५ रोपनी जग्गामा धान रोपाइँ गरेको छ। नेकपा उपत्यका ब्युरोको सहयोगमा गरिएको उक्त धान रोपाइँ महासचिव बिप्लव सी ले धान रोप्दै सुरुवात गरेका थिए । उक्त धान रोपाइँमा
नेकपाका महासचिव विप्लव सी, स्थायी समिति सदस्य उमा सी, उपत्यका ब्यूरो इन्चार्ज कृतिलागायत पार्टीका केन्द्रिय सदस्य लगायत दर्जनौ नेता कार्यकर्ताको सहभागिता रहेको थियो।