नेकपाका महासचिव विप्लव सी र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र प्रधानमन्त्री तथा नेकपा (माओवादी )केन्द्रका अध्यक्ष प्रचण्डबीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । उक्त भेटवार्तामा हालै गठन भएको समाजवादी मोर्चा नेपालको आगामी कार्यक्रम के कस्तो बनाउने भन्ने बारे कुराकानी भएको बताइएको छ। देशको राष्टिय स्वाधीनताको गम्भीर सवाल र विद्यमान आर्थिक ,राजनीतिक संकटको अग्रगामी निकास एवम् नेपाली मौलिकताको समाजवादी प्रणाली निर्माण गर्ने उदेश्य सहित बनेको समाजवादी मोर्चामा हाल नेपाल कम्युनिस्ट पार्टी, माओवादी केन्द्र , एकीकृत समाजबादी पार्टी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी सम्मीलित छन भने मुद्दा मिल्ने अन्य राजनीतिक शक्तिहरुलाई समेत मोर्चामा सामेल गर्ने बताइएको छ।
नेपाल कम्युनिस्ट पार्टीले बिचार मिल्ने सङ्ग पार्टी एकता र मुद्दा मिल्नेसङ्ग सहकार्य र कार्यगत एकताको नीति अनुसार संयुक्त मोर्चा निर्माण गरेको हो।