नेकपाको आयोजनामा हुने श्रम उत्सवमा कृष्ण कडेलसहितका कलाकार सहभागी हुने
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले पार्टीलाई आत्मनिर्भर बनाउने उदेश्यले यहि असार १५ गतेबाट ७७ वटै जिल्लामा श्रम उत्सव मनाउने भएको छ । यसैक्रममा नेकपाको केन्द्रिय योजना अन्तर्गत कपिलवस्तुमा हुने धान रोपाइमा नेकपाका महासचिव विप्लव सीको नेतृत्वमा स्थायी समिति सदस्य उमा सी र शुशिल सी सहितका नेता – कार्यकर्ता सहभागी हुने छन् भने चितवनमा हुने धान रोपाइमा प्रवक्ता प्रकाण्ड सीको नेतृत्वमा स्थायी समिति सदस्य अनिल सी लगायतका नेता – कार्यकता सहभागी हुने छन् । यसैगरी, स्थायी समिति सदस्य रणविर सी को नेतृत्वमा बर्दियामा रहेका उत्पादन केन्द्रमा धान रोपाइँ हुने भएको छ ।
असार १५ गते हुने श्रम उत्सवमा भाग लिन ईन्द्रणी साँस्कृतिक परिवारका अध्यक्ष कृष्ण कडेल,कलाकार धनश्याम गौतम, माईला लामा, चिरन पुन लगायतको टोली कपिलवस्तु जाने भएका छन भने कपिलवस्तुको श्रम उत्सवलाई एभिन्युज टेलिभिजन र कृष्ण कडेल नेतृत्वको ईन्द्रणी साँस्कृतिक परिवारले प्रत्यक्ष प्रसारण गर्नेछन् ।
त्यसैगरी चितवनमा हुने श्रम उत्सवको प्रत्यक्ष प्रसारण माडि एफ.एम र स्वदेश एफ.एम रेडियोले गर्नेछन् ।