नेकपाका महासचिव विप्लव सीद्वारा धान रोपाईको उद्घाटन
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले धान रोपाईको उद्घाटन गरेका छन। नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय उत्पादन अन्तर्गत कपिलवस्तुमा शुक्रबार बिहान महासचिव विप्लव सी ले धान रोप्न हिलो बनाइएको खेतबाटै ड्रोन उडाएर श्रम उत्सवको उद्घाटन गरेका हुन् । पार्टीको केन्द्रीय उत्पादन योजना अन्तर्गतआत्मनिर्भर उत्पादन , आत्मनिर्भर पार्टी केन्द्रिय अभियान २०८०लेखिएको ब्यानर खोलेर ड्रोन उडाउदै महासचिव विप्लव सी ले श्रम उत्सवको उद्घाटन गरेका हुन् । उद्घाटनको अवसरमा महासचिव विप्लव सी सहित सहभागी नेताकार्यकर्ता , कलाकारहरुले पेरिस कम्युनका योद्दा युजिन पोतरले रचेको कम्युनिस्ट अन्तरास्ट्रिय गित गाउँदै धर्ती हामी श्रमिकको हो, होइन जाली झेली काँतरहरुको भनेर सन्देश दिए ।
महासचिव विप्लव सीले उद्घाटनका अवसरमा संक्षिप्त सन्देश दिदै आत्मनिर्भर उत्पादन , आत्मनिर्भर पार्टी , आत्मनिर्भर नेता-कार्यकर्ता बनाउने उद्धेश्यले पार्टीले देशभर उत्पादनका काम गरिरहेको र सोही अवसरमा कपिलवस्तुमा धान रोपेर श्रमउत्सवको औपचारिक रुपमा सुरुवात गरिएको बताए ।
उद्घाटनपुर्व महासचिव विप्लव सीसहित हातहातमा धानका बीउ समाएका नेता-कार्यकर्ता , कलाकार , पत्रकार लगाएत सहभागीहरुले उत्साहका साथ इन्द्रेणी टिमलाइ स्वागत गरेका थिए ।
उद्घाटनपछिको धान रोपाइँमा इन्द्रेनी टिमका कलाकार छत्र शाहिले महासचिव विप्लव सी सहितका नेता-कार्यकर्ता सहितका सहभागीहरुसंग धान रोप्दै “असाढ रोपेका धान कार्तिक काटिन्छ , यस्तै कृषि गर्यो भने मनमुटु साटिन्छ”भनेर गितको भाकासहित श्रम -उत्सवमा सुनमा सुगन्ध थपेका थिए ।
श्रम उत्सवमा नेकपाका स्थायी समिती सदस्य विषम सीले संक्षिप्त प्रतिक्रिया दिदै पार्टीलाई आत्मनिर्भर बनाइ देशलाइ वैज्ञानिक समाजवादमा लिन धान मात्रै रोप्ने काम नभई वैज्ञानिक समाजवादको बीउ रोप्ने काम भएको बताए ।
यस्तै नेकपाका स्थायी समितिका सदस्य शिलु सी र सुशील सीले पार्टीलाई मात्र आत्मनिर्भर नभई देशलाइ नै आत्मनिर्भर बनाउने उद्देश्यले देशभर उत्पादनको काममा लागेको र झण्डै १०० बिघा जमिनमा यो वर्ष पार्टीले धान उत्पादन गर्ने बताए ।
नेकपाका पोलिटब्युरो सदस्य सन्जीव सी र आस्था सीले आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्नका लागि श्रमउत्सव मनाइ धान रोपाइँ गरिरहेको बताए ।
यसैगरी , श्रम उत्सवमा सहभागी भएका नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य भेषराज सीले पार्टीलाई आत्मनिर्भर बनाउन र समाजवादी अभ्यासतिर देशलाई लैजान श्रमउत्सव मनाउन लागेको बताए। धानका बीउ नेकालिरहेका नेता भेषराजले असार १५को धान दिवस र श्रमउत्सव निकै फरक भएको बताए।उनले भने धान दिवस भनेको केवल धान रोप्ने काममा मात्र सिमित छ, श्रमउत्सव भनेको धान रोप्ने काम सङ्ग मात्र सिमित छैन।यो श्रमलाई घृणा गर्ने, विदेशी उत्पादनको आयातमा जोड दिने , सामन्ती उत्पादन प्रणालीको संरक्षण गर्ने प्रवृतिका विरुद्ध छ।भुमण्डलीकृत पुजीवादले स्वदेशी उत्पादनलाई निरुत्साहित गर्ने , श्रमशक्ती बिदेश पठाउने, देशलाई कामदार उत्पादन गर्ने थलो बनाउने जस्ता प्रवृतिविरुद्ध देशलाई नयाँ सन्देश दिएको छ। उनले भने-” समाजवादी अर्थप्रणालीको बिकास गर्न र बिदेश उत्पादनसङ्ग स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्दै आत्मनिर्भर हुन श्रमउत्सव अनिवार्य छ।
श्रम उत्सवको सन्दर्भमा काममा सहभागी भएका अखिल नेपाल किसान महा संघ क्रान्तिकारीका केन्द्रिय कार्यालय सचिव कुशज्वाला सीले आफू ६८ बर्षिय वृद्ध भएपनि तीव्र इच्छा शक्ति सहित उत्पादन कार्यमा सहभागी रहेको बताए।उनले भने विप्लवको नेतृत्वमा भैरहेको एकीकृत जनक्रान्तिको नयाँ मोडेल एकीकृत उत्पादन प्रणाली अनुसार श्रम उत्सव मनाउन लागेको बताए।उनले थपे- यो सामुहिक उत्पादन प्रणाली हो, यो समाजवादी व्यवस्थाको अभ्यास हो, यो अरु कुनै पार्टी र नेताहरूले शुरु गर्न सकेका छैनन् , नेकपाले गरिरहेकोमा यसमा हामीलाई गर्व छ।
सो पार्टीले आत्मनिर्भर पार्टी र आत्मनिर्भर उत्पादन नीति अनुरुप आज देखि देशव्यापीरुपमा धन रोपाई सुरु गरेको छ। देशव्यापीरुपमा धन रोपाई अभियानमा नेकपाका केन्द्रीय नेताहरु सहभागी हुने छन । नेकपाले बर्दिया, कपिलवस्तु, चितवन, सुनसरी, सिन्धुली, सल्यानलगायतका जिल्लामा ४० विघाभन्दा बढी जमिनमा धान उत्पादन गर्न लागेको बताइएको छ ।