युवा संगठन नेपालले संकलन गरेको हस्ताक्षर प्रधानमन्त्री प्रचण्डलाई बुझायो

२०८० असार १९ गते, मंगलवार

काठमाडौं । युवा संगठन नेपालले ‘राष्ट्रिय स्वाधीनताका लागि तपाईंको योगदान’ भन्ने मूल नाराका साथ संकलन गरेको हस्ताक्षर प्रधानमन्त्री प्रचण्डलाई बुझाएको छ । युवा संगठन नेपाल केन्द्रिय समितीका अध्यक्ष पाटन जंगली सीको नेतृत्वमा गएको टोलीले ‘राष्ट्रिय स्वाधीनताका लागि तपाईंको योगदान’ भन्ने मूल नाराका साथ संकलन गरेको हस्ताक्षर मंगलबार प्रधानमन्त्री प्रचण्डलाई बुझाएको हो ।
युवा संगठन नेपालले नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेसन (mcc) बिच भएको सम्झौता तत्काल खरेज, भारत सरकारद्वारा भारतिय संसद भवनमा राखियको कथित अखण्ड भारतको नक्सामा नेपालको भुमी समेटियको हुँदा, नेपाल सरकारको आधिकारी धारणा सार्बजनिक गर्न र भारत सरकार संग कुटनितिक पहल गरि उक्त नक्साबाट नेपाली भुमी अलग गर्न र लघुबित बित्तीय संघ संस्था, मिटर ब्याजी र मेनपावरहरुको ज्याजतिलाई पुर्ण रुपमा निस्तेज गरि पिडितहरुलाई न्याय दिन र पिडकहरुलाई कानुनी कार्बाहीको माग राख्दै देशब्यापीरुपमा हस्ताक्षर गरेको थियो । युवा संगठन नेपालले संकलन गरेको हस्ताक्षर बुझ्दै प्रधानमन्त्री प्रचण्डले सो संगठनले राखेका मागको सक्दो सम्बोधन गर्ने बताए ।

प्रतिक्रियाहरु

[anycomment]