समाजवादी मोर्चा नेपालको पहिलो बैठक बस्दै
२०८० असार २३ गते, शनिबार
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) सम्मिलित समाजवादी मोर्चा, नेपालको पहिलो बैठक आज अपरान्ह बस्ने तय भएको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा अपराह्न ४ बजे बस्नेगरी पहिलो बैठक तय भएको हो ।
बैठकमा समसामयिक राजनीतिक अवस्थाका साथै मोर्चाको आगामी साझा कार्यक्रमका विषयमा छलफल हुने बताइएको छ ।