समाजवादी मोर्चा नेपालको पहिलो बैठक सुरु

२०८० असार २३ गते, शनिबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) सम्मिलित समाजवादी मोर्चा, नेपालको पहिलो बैठक एकीकृत नेकपा समाजवादीको पार्टी कार्यालय आलोकनगरमा सुरु भएको छ ।


बैठकले तत्कालीन कार्यक्रम र मोर्चाको प्रदेश , जिल्ला , गाउँ/ नगर र जवसहरुबिचको समन्वयको बिषय निर्णय गर्ने बताइएको छ ।
यसैगरी,बैठकमा पछिल्लो राजनीतिक घटनाक्रममा मोर्चाको भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कामहरुको योजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा समेत छलफल हुने बताइएको छ ।

उक्त बैठकमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ,नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायत नेकपा माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ , कृष्ण बहादुर महरा, नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी, नेकपा माओवादी केन्द्रका महासचिव देब गुरुङ , नेकपा (एकीकृत समाजवादी) का नेता प्रनेश हमाल र जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र श्रेष्ठसहितका नेताहरुको सहभागिता रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]