समाजवादी मोर्चा नेपालको कार्यदलद्वारा प्रतिबेदन तयारी अन्तिम चरणमा

२०८० असार २६ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता तथा समाजवादी मोर्चा नेपालको कार्यदलका सदस्य प्रकाण्ड सी ले मोर्चाको कार्यविधि , संगठनात्मक संरचना ,आगामी कार्यक्रम र आचारसंहिता तयार कार्य अन्तिम चरणमा पुर्याएको बताएका छन । आज अपरान्ह नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चा नेपालको कार्यदलको बैठकले मोर्चाको कार्यविधि , संगठनात्मक संरचना ,आगामी कार्यक्रम र आचारसंहिताका बिषयलाई अन्तिम चरणमा पुर्याएको हो ।
उक्त कार्यदललाई समाजवादी मोर्चा नेपालको पहिलो बैठकले मोर्चाको कार्यविधि , संगठनात्मक संरचना ,आगामी कार्यक्रम र आचारसंहिता बनाउनका लागि तीन दिनको समयसीमा दिइएको थियो सोहि जिम्मेवारी अनुरुप कार्यदलको आजको बैठकले संगठनात्मक संरचना ,आगामी कार्यक्रम र आचारसंहिताको आधार तयार पारेको हो । उक्त कार्यदलमा नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता प्रकाण्ड सी , नेकपा समाजवादी पार्टीका उपाध्यक्ष रमेश हमाल, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ रहेका छन् ।
उक्त कार्यदलले तयार पारेको मोर्चाको कार्यविधि , संगठनात्मक संरचना ,आगामी कार्यक्रम र आचारसंहितासहितको प्रस्तावमाथि भोलि आसार २७ गते अपरान्ह ४ बजे नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बस्ने समाजवादी मोर्चाको बैठकमा छलफल हुने बताइएको छ।

प्रतिक्रियाहरु

[anycomment]