समाजवादी मोर्चाको बैठक स्थगित

२०८० असार २७ गते, बुधबार


काठमाडौं । आज अपरान्ह ४ बजे बस्ने भनिएको समाजवादी मोर्चाको बैठक स्थगित भएको छ। प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधनका कारण आज बस्न लागेको मोर्चाको बैठक स्थगित भएको नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता तथा समाजवादी मोर्चा नेपालको कार्यदलका सदस्य प्रकाण्ड सी ले जानकारी दिए ।
मोर्चाको आज बस्ने बैठकमा समाजवादी मोर्चाको कार्यदलले तयार पारेको मोर्चाको कार्यविधि , संगठनात्मक संरचना ,आगामी कार्यक्रम र आचारसंहितासहितको प्रस्तावमाथि छलफल हुने कार्यक्रम रहेको थियो ।
समाजवादी मोर्चामा नेपाल कम्युनिस्ट पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) संलग्न रहेका छन।

प्रतिक्रियाहरु

[anycomment]