नेकपाद्वारा सीता दाहालको निधनप्रति श्रद्धाञ्जली र परिवारप्रति समवेदना व्यक्त

२०८० असार २७ गते, बुधबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी जीवनसाथी सीता दाहालको निधनप्रति श्रद्धाञ्जली र परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ। नेकपाका महासचिव विप्लव सीले आज एक शोक वक्तव्य जारी गर्दै प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी जीवनसाथी सीता दाहालको निधनले पार्टीलाई स्तब्ध बनाएको उल्लेख गर्दै सीता दाहालको निधनप्रति हार्दिक श्रद्धाञ्जली र दुखको यस क्षणमा प्रचण्ड र उनको परिवारप्रति हार्दिक समवेदना प्रकट गरेका हुन्।

प्रतिक्रियाहरु

[anycomment]