‘फरक बिषयलाई दूराशयपूर्ण तरिकाले समाचार प्रकाशित हुनु ठिक होईन’

२०८० असार ३१ गते, आईतवार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराले फरक बिषयलाई दूराशयपूर्ण तरिकाले समाचार प्रकाशित हुनु ठिक नभएको बताएका छन। उपाध्यक्ष महराले आज एक बिज्ञप्ति जारी गर्दै असार ३० गते रातोपाटीमा प्रकाशित ‘सुन तस्करसँग पूर्व सभामुख महराका बाउछोराको कनेक्सन’ शीर्षकको समाचारप्रति गम्भीर ध्यान आर्कषण भएको बताउदै उक्त कुरा बताएका हुन्।
उपाध्यक्ष महराले बिज्ञप्तिमार्फत चिनियाँ नागरिक वाङसँग पहिलेदेखि नै सामान्य चिनजान भएको र उनले आफूलाई फलफूल व्यापारीको रूपमा चिनाएको उल्लेख गर्दै वाङको अरू व्यापार र कामबारे कुनै जानकारी र सम्बन्ध नरहेको बताएका छन ।
उपाध्यक्ष महराले छोरा राहुलले भन्सारका कर्मचारीलाई सम्पर्क गर्नुको कारण चिनिया नागरिकले चिनिया कामदारका लागि मगाएको सामान भन्सारमा अड्किएको भन्ने जानकारी गराएको कारण के कति कारणले अड्किएको हो भनी बुझ्नलाई मात्रै सम्पर्क गरेको बिज्ञप्तिमार्फत प्रष्ट्याएका छन् ।
उनले चिनजान हुनु र संलग्न हुनु फरक बिषयलाई दुरायसपूर्ण तरिकाले समाचार प्रकाशित हुनु ठिक नभएको उल्लेख गर्दै , भ्रममा नपर्न अनुरोध समेत गरेका छन ।

प्रतिक्रियाहरु

[anycomment]