क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल परित्याग गर्ने नेता-कार्यकर्ताको लर्को

२०८० श्रावण १ गते, सोमबार


काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल परित्याग गर्ने नेता-कार्यकर्ताको लर्को लागेको छ । आइतबार प्रेस बिज्ञप्ती जारी गर्दै एकता पश्चात् पार्टीभित्र दार्शनिक , सैद्धान्तिक , बैचारिक तथा संगठनात्मक रुपमा गम्भीर समस्याहरु देखापरेको भन्दै सो पार्टीका महाधिवेशन आयोजक समिती सदस्यसहित जिल्ला सेक्रेटरी तहका नेताहरुले सामुहिक राजिनामा दिएका छन् । सामुहिक राजिनामा दिनेहरुमा सो पार्टीका महाधिवेशन आयोजक समिती सदस्य मोहन लिम्बू , १ नं. प्रदेश समिती सदस्य तथा क्रान्तिकारी युवा लिग नेपालका केन्द्रीय सचिव रविन लिम्बू , १ नं. प्रदेश समिती सदस्य तथा पार्टीका भोजपुर जिल्ला सेक्रेटरी ध्रुब राज राई , १ नं. प्रदेश समिती सदस्य तथा पार्टीका धनकुटा जिल्ला सेक्रेटरी आलोक श्रेष्ठ , १ नं. प्रदेश कमिटी सदस्य चुना खुलाल कार्की , ३ नं. प्रदेश कमिटी सदस्य तथा तामाङ राष्ट्रिय मुक्ती मोर्चाका केन्द्रीय उपाध्यक्ष बिजय स्याङतान रहेका छन् ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीमा एकता पश्चात् पार्टीभित्र व्यापक असन्तुष्टि चुलिएको छ । एकता प्रक्रिया पूरा नहुँदै एउटा पक्षले तत्कालीन बहुमत समूह जिवित राखेको छ । उक्त पक्षले बहुमत विघटन नभएको बरु धर्मेन्द्र – शुदर्शन मोहन वैद्यको तत्कालीन क्रान्तिकारी माओवादीमा बिलय भएको निष्कर्ष निकालेको छ ।
यता तत्कालीन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)मा पनि एकताले ठूलो असन्तुष्टि छ । केही महिनादेखी सो पार्टी परित्याग गर्नेहरुको लर्को नै लागेको छ।

प्रतिक्रियाहरु

[anycomment]