‘अमेरिका कम्युनिष्ट सिध्याउन र चीनलाई घेर्न नेपालमा सेना ल्याउन चाहन्छ’
![](https://janakhabar.com/wp-content/uploads/2023/03/biplab.jpg)
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नेपालका सवै कम्युनिष्ट सिध्याउन र चीनलाई घेर्न अमेरिकाले नेपालमा सेना ल्याउन चाहेको वताएका छन । उनले अमेरिकी साम्राज्यवादले नेपालमा एमसीसीको बाटोबाट सैन्य अखडा राखि नेपालका कम्युनिष्ट सिध्याउने र चीनलाई घेर्ने योजना बनाएको बताए ।
महासचिव विप्लव सी ले देश गम्भीर संकटतिर गएको र त्यसको निकासका लागि नेपालका सवै शक्तिहरु समाजवादी मोर्चामा आउनुपर्ने वताए । उनले देशलाई अग्रगामी निकास दिन समाजवादी मोर्चा गठन भएको भन्दै यो मोर्चाले कम्युनिष्ट र अग्रगामी शक्तिहरुको एकता र राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने उद्देश्य लिएको समेत बताए ।
महासचिव विप्लव सी ले भने “समाजवादी मोर्चामा सवै कम्युनिष्ट र अग्रगामी शक्ति आउनु पर्छ । हामीले खुल्ला दिलले एमालेलाई पनि समाजवादी मोर्चामा ल्याउनुपर्छ । यो कुनै एउटा पार्टीको लागि समाजवाद होइन, सवैको लागि समाजवाद चाहिएको छ । यसको उपभोग सवैले गर्ने हो ।”
महासचिव विप्लव सी ले देश युक्रेनको बाटोमा जाने सम्भावना रहेको भन्दै राष्ट्रिय स्वाधीनताको रक्षा गर्न र देशलाई समाजवाद तिर लिन साम्राज्यवादी षड्यन्त्रका विरुद्ध एकतावद्ध भएर लड्नुपर्ने र नेपालमा दलाल संसदीय व्यवस्था पूर्ण असफल भएकाले समाजवादतिर जानुको विकल्प नभएको बताए ।