समाजवादी मोर्चाबिरुद्ध दलालहरुको चित्कार

२०८० श्रावण ५ गते, शुक्रबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी , नेकपा माओवादी केन्द्र, नेकपा  एकीकृत समाजवादी र जसपामिलेर  समाजवादी मोर्चा गठन गरेपछि देशको राजनीति तरंगित बनेको छ  । समाजवादी मोर्चा गठन भएपछि आमक्रान्तिकारी कम्युनिस्ट, प्रगतिशील लोकतन्त्रवादी , देशभक्त र आम जनतामा उत्साह र नयाँ आशा पैदा भएको देखिन्छ भने  दलाल पुँजीवादी तत्व र साम्राज्यवादीहरुको निम्ति मोर्चा गठन टाउको दुखाईको बिषय बनेको छ । त्यसैले उनीहरुले  समाजवादी मोर्चाबिरुद्ध  मोर्चाबन्दी  गर्दै बिभिन्न भ्रम छर्ने प्रयास गरिएको देखिन्छ । संसदीय व्यवस्थाको असफलताको कारण देश र जनतामाथि    चौतर्फीरुपमा संकट आइ लागेपछि त्यसको समाधानकालागि नेपाल कम्युनिस्ट पार्टी , नेकपा माओवादी केन्द्र,  नेकपा  एकीकृत समाजवादी र जसपामिलेर  समाजवादी मोर्चा गठन गरेका हुन् ।  तर यो देशी – बिदेशी साम्राज्यवादका दलाल र प्रतिक्रयावादी तत्वहरुलाई सैह्य हुने बिषय भएन ।  त्यसैले उनीहरु समाजवादी मोर्चाबिरुद्ध बिषबमन गरि रहेका छन ।

    यस बिषयमा   नेकपा माओवादी केन्द्रका एक नेताले भने  – समाजवादी मोर्चा बर्तमान राजनीतिक संकट निवारणको लागि गठन गरिएको हो ।  तर यो कयौ  साम्राज्यवादी दलालहरुलाई मन परिराखेको छैन ।  जुन पछिल्लो समय संचार माध्यममा छताछुल भएको छ।’

उनले अगाडी भने  -‘ आफ्नो स्वार्थको निम्ति सबै माओबादीहरुलाई एक हुन् नदिने जुन क्रान्ति , पार्टी , देश र जनता सबैको लागि हानिकारक छ । संसदीय व्यवस्थाका कारण देश र जनता  संकटमा परिरहेको समयमा सबै माओबादी ,    आमक्रान्तिकारी कम्युनिस्ट , प्रगतिशील लोकतन्त्रवादी एकजुट भएर समाधान खोज्नु  पर्ने समयमा  समाजवादी मोर्चाका विरुद्ध शिलशिलेवार ढंगले   आक्रमणमा उत्रनु हद दर्जाको बेइमानी हो , यस्ता साम्राज्यवादका दलालको मुखुण्डो नेपाली जनता सामु उजागर भै  सकेको छ।   अब छिट्टै त्यस्ता दलालहरुबिरुद्ध  आन्दोलन सुरु हुने निश्चित छ । वर्तमान राजनीतिक संकटमा सबै दल समाजवादी मोर्चामा सामेल हुँदै देशमा समाजवाद स्थापना गर्नुको बिकल्प छैन  ।  त्यसैले समाजवादी मोर्चालाई भत्काउन अनेक जालझेल गर्ने साम्राज्यवादका दलालहरुलाई नेपाली जनताले चिनी सकेका छन् ।  उनीहरु बेलैमा सच्चिनु जरुरी  छ।  अन्यथा जनताले नै फैसला गर्ने निश्चित छ। ‘

यता, नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी   देश गम्भीर संकटतिर गएको र त्यसको निकासका लागि नेपालका सवै  शक्तिहरु समाजवादी मोर्चामा आउनुपर्ने बताउछन  । उनले देशलाई अग्रगामी निकास दिन समाजवादी मोर्चा गठन भएको भन्दै यो मोर्चाले कम्युनिष्ट र अग्रगामी शक्तिहरुको एकता र राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने उद्देश्य लिएको समेत बताए ।

महासचिव विप्लव सी ले भने “समाजवादी मोर्चामा सवै कम्युनिष्ट र अग्रगामी शक्ति आउनु पर्छ । हामीले खुल्ला दिलले एमाले लगायतलाई पनि  समाजवादी मोर्चामा ल्याउन सोच्नु पर्दछ  । यो कुनै एउटा पार्टीको लागि समाजवाद होइन, सवैको लागि समाजवाद चाहिएको छ । यसको उपभोग सवैले गर्ने हो ।”

महासचिव विप्लव सी ले देश युक्रेनको बाटोमा जाने सम्भावना रहेको भन्दै राष्ट्रिय स्वाधीनताको रक्षा गर्न र देशलाई समाजवादतिर लिन साम्राज्यवादी षड्यन्त्रका विरुद्ध एकतावद्ध भएर लड्नुपर्ने र नेपालमा दलाल संसदीय व्यवस्था पूर्ण असफल भएकाले समाजवादतिर जानुको विकल्प नभएको बताए ।

स्मरणीय छ , गत असार  ४ गते आयोजित समाजवादी मोर्चाको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनताको हकलाई सुनिश्चित गर्न समाजवादतर्फ लैजान समाजवादी मोर्चा गठन गर्नु परेको बताएका थिए  ।   उनले समाजवादी मोर्चासँग अग्रगमनको पक्षमा रहेकाहरु डराउनुनपर्ने तर परिवर्तनहरु उल्ट्याउने र मुलुकलाई फेरि प्रतिगमनतिर फर्काउन खोज्नेहरुविरुद्ध यो एउटा युद्धकै घोषणा भएको र  माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चामा अग्रगमन पक्षधर, प्रगतिशील, वामपन्थी शक्तिहरुलाई हातेमालो गर्न आह्वानसमेत  गरेका थिए  ।

प्रधानमन्त्री प्रचण्डले अहिले परिवर्तनलाई होच्याउने, अपमानित गर्न खोज्ने अराजक र प्रतिगामी प्रवृत्तिले केही मान्छेहरुले टाउको उठाउन खोजेको उल्लेख गर्दै भनेका थिए (‘७० वर्ष संघर्ष गरेर स्थापित भएको जनताको अधिकार खोसेर देशलाई प्रतिगमनतिर फर्काउन चाहनेहरुका लागि चुनौती हो । यो मोर्चा तिनका विरुद्ध युद्धको घोषणा हो ।’

यसैगरी, उक्त समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै   एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रतिगमन र यथास्थितिविरुद्ध एकताबद्ध हुन समाजवादी मोर्चा गठन भएको बताएका थिए । अध्यक्ष नेपालले समाजवादी मोर्चा स्वार्थमा नबनेको बताएउदै   मोर्चाले समाजवाद निर्माणको वातावरण, सुशासन कायम गर्न र विकृतिको अन्त्य गर्न एकताबद्ध भएर अघि बढ्ने सङ्कल्प गरेको बताएका थिए   भने  जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्र र जनताको हित गर्ने समाजवादी मोर्चाको ध्येय रहेको बताएका थिए । उनले     समानता, सामाजिक न्याय र समतामा आधारित एउटा समाजवादी समाजको निर्माण गर्ने दिशातर्फ अगाडि बढनका लागि नै मोर्चा गठन गरिएको र त्यसमा सफलता हात पार्ने ठोकुवासमेत  गरेका थिए  ।

प्रतिक्रियाहरु

[anycomment]