प्रतिनिधिसभाको बैठक एक साताका लागि स्थगित

२०८० श्रावण १६ गते, मंगलवार


काठमाडाैँ । प्रतिनिधिसभाको बैठक एक साताका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले सूचना टाँस गरी आगामी साउन २२ गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका छन्। क्विन्टल सून तस्करी प्रकरणमा प्रमुख प्रतिपक्षी दल एमालेले निरन्तर संसद् अवरोध गर्दै आएको छ। एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा र उच्चस्तरीय संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ।तर, सत्तापक्ष भने संसद् चलाएर सरकारले जवाफ दिन पाउनुपर्नेमा मागमा अडिक छ । सत्तापक्ष राजस्वबाट यसको अनुसन्धान भइरहेको भन्दै समिति बनाउन नहुने पक्षमा छ।

प्रतिक्रियाहरु

[anycomment]