यौन दुर्व्यवहार गर्ने शिक्षक छविरमण गौतमलाई कारबाही गर
२०८० श्रावण १७ गते, बुधबार
काठमाडौँ । अखिल (क्रान्तिकारी) ले काभ्रेपलान्चोक पनौती न. पा. २ स्थित कुशादेवी माध्यमिक विद्यालयमा गणित विषय अध्यापन गराउने स्थाई शिक्षक छविरमण गौतमले सोही विद्यालय कक्षा दशमा अध्ययनरत छात्राहरु माथी यौन दुर्व्यवहार गरेको घटनाप्रति घोर निन्दा एवं भत्सना गर्दै दोषी शिक्षकलाई कडा कारबाही गर्न आग्रह गरेको छ ।
साथै सो संगठनले अन्यथा दोषी शिक्षकलाई कार्वाही गर्नुको सट्टा विभिन्न बहानामा उन्मुक्ति दिने जुनसुकै प्रयत्न गरे संघर्ष गर्न बाध्य हुने र त्यसबाट उत्पन्न हुन सक्ने परिस्थितिको सम्पूर्ण जिम्मेवार स्वयम विद्यालय प्रशासन र सम्बन्धित अन्य निकायहरुले लिनुपर्ने चेतावनी समेत दिएको छ ।
यस बिषयमा अखिल (क्रान्तिकारी) काभ्रेपलान्चोकका संयोजक प्रेम सी ले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ –