नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय समिति बैठक लाइभ नगर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय समिति बैठक लाइभ नगर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बिहान बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठक लाइभ नगर्ने निर्णय गरेको हो । पार्टी भित्रकै नेताहरुले बैठक लाइभ नगर्न दबाब दिएपछि केन्द्रीय समिति बैठक लाइभ नगर्ने निर्णय भएको सचिव गणेश शाहले जानकारी दिए ।
केन्द्रीय कमिटी बैठक काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा बिहान ११ बजेबाट सुरु हुनेछ । पाँच दिनसम्म चल्ने बैठकमा सरकारका कामको समीक्षालगायतका विषयमा छलफल हुने जनाइएको छ ।