समाजवादी मोर्चा नेपालले सातै प्रदेशमा सन्देश प्रबाह कार्यक्रम गर्ने
काठमाडौँ । समाजवादी मोर्चा नेपालले सातै प्रदेशमा सन्देश प्रबाह कार्यक्रम गर्ने भएको छ। नेकपा एकीकृत समाजवादीको केन्द्रिय कार्यालय आलोक नगरमा बुधबार अपरान्ह बसेको समाजवादी मोर्चा नेपालको सचिवालय बैठकले उक्त निर्णय गरेको हो । उक्त बैठकले आगामी भदौ ९ गतेदेखि १५ गतेसम्म समाजवादी मोर्चा नेपालका मुख्य नेताको सहभागितामा सातै प्रदेशमा सन्देश प्रवाह कार्यक्रम गर्ने निर्णय गरेको नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता तथा समाजवादी मोर्चा नेपालका सचिवालय सदस्य प्रकाण्ड सी ले बताए।
यसैगरी, समाजवादी मोर्चा नेपालको सचिवालयको बैठकले भदौ ९ गतेदेखि १५ गतेसम्म समाजवादी मोर्चा नेपालका मुख्य नेताको सहभागितामा सातै प्रदेशमा हुने सन्देश प्रवाह कार्यक्रममार्फत मोर्चाको प्रदेश तहको घोषणा हुने र त्यस पछि प्रदेश तहले मोर्चाको स्थानीय तह गठन गरि कार्यक्रम अगाडी बढाउने निर्णय लिएको बताइएको छ।
यसैगरी, बैठकले गत असार ३० गते, शनिबार समाजवादी मोर्चा नेपालको दोश्रो बैठकले परिमार्जन गर्दै स्वीकृत गरेको सहमति पत्र र कार्यविधि प्रकाशन गर्ने र देशव्यापी रुपमा वितरण गर्ने निर्णय समेत गरेको बताइएको छ।
नेकपा समाजवादी पार्टीका उपाध्यक्ष तथा समाजवादी मोर्चा नेपालको सचिवालय सदस्य प्रमेश हमालको संयोजनमा बसेको उक्त बैठकमा नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता प्रकाण्ड सी, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठको सहभागिता रहेको थियो भने नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको समेत उपस्थिति रहेको थियो। ।