‘अमेरिका नयाँ रूपमा आउँदैछ’

२०८० श्रावण २५ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सुशील सीले अमेरिकी साम्राज्यवाद नयाँ रूपमा आइरहेकाे ठोकुवा गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय प्रतिनिधि समितिकाे बैठकलाई सम्बोधन गर्दै नेता सुशील सीले सो ठोकुवा गरेका हुन् ।
उनले अमेरिकी साम्राज्यवाद सत्ताका संरचना, आर्थिक, प्राविधिक र राजनीतिक दलहरूलाई दलाल बनाएर आइरहेकाे बताउदै अमेरिका सिधा सेनामार्फत होइन साम्राज्यवाद एमसीसीकाे नाममा सप्टवेयरमार्फत आएकाे अब हार्डवेयरमार्फत आउन खाेजिरहेकाे समेत ठोकुवा गरे ।
नेता सुशीलले पार्टी एकता तत्कालको विषय नभएर रणनीतिक विषय भएको र विचारमा रुपान्तरण भएपछि मात्र एकता हुनसक्ने समेत बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु