नेकपाका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सी लगायतका नेता श्रम कार्यमा
२०८० श्रावण ३२ गते, बिहीबार
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्डसी लगायत स्थायी समिति, पाेलिटब्युरो र केन्द्रीय समितिका सदस्यहरुकाे सहभागिता सो पार्टीको केन्द्रिय कार्यालय कपिलवस्तुको परिसरमा बिहिबार ड्रागन फ्रुट , एभाेकार्डाे वृक्षारोपण तथा बाटो निर्माण कार्य सम्पन्न भएको छ । कपिलवस्तुको शिवगढीस्थित केन्द्रीय कार्यालय परिसरमा श्रम गर्ने कार्यक्रम अन्तर्गत बिरुवाहरु ड्रागन फ्रुट , एभाेकार्डाे वृक्षारोपण गरिएको छ भने कार्यालय नजिकै बाटो, ढल निर्माण तथा सरसफाइ कार्य सम्पन्न भएको हो ।
नेपाल कम्युनिस्ट पार्टी नवौं केन्द्रीय समितिको चौथो पूर्ण बैठक हिजो सम्पन्न भएपछि बिहिबार बिहान भएको उक्त श्रम कार्यकाे उद्घाटन पार्टीका महासचिव विप्लव सी ले गरेका थिए ।