समाजवादी मोर्चाको बैठक बस्दै
२०८० भाद्र ३ गते, आईतवार
काठमाडौँ । आज साँझ समाजवादी मोर्चा नेपालको बैठक बस्ने बताइएको छ। नेपाल कम्युनिस्ट पार्टी , नेकपा माओवादी केन्द्र , नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसम्मिलित मोर्चाको बैठक आज साँझ ६ बजे एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बस्ने बताइएको छ ।
गत साउन २४ गते, बुधबार नेकपा एकीकृत समाजवादीको केन्द्रिय कार्यालय आलोक नगरमा बसेको समाजवादी मोर्चा नेपालको सचिवालय बैठकले आगामी भदौ ९ गतेदेखि १५ गतेसम्म समाजवादी मोर्चा नेपालका मुख्य नेताको सहभागितामा सातै प्रदेशमा सन्देश प्रवाह कार्यक्रम गर्ने निर्णय गरेको थियो । सोही निर्णयलाई लागू गर्ने लगायतका बिषयमा छलफल गर्न आज बैठक बस्न लागेको नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता तथा समाजवादी मोर्चा नेपालका सचिवालय सदस्य प्रकाण्ड सी ले जानकारी दिए ।