समाजवादी माेर्चा नेपालले देशव्यापीरुपमा सन्देश प्रवाह कार्यक्रम गर्ने

२०८० भाद्र ४ गते, सोमबार


काठमाडौँ । समाजवादी माेर्चा नेपालले देशव्यापीरुपमा सन्देश प्रवाह कार्यक्रम गर्ने भएको छ । सो माेर्चाकाे साेमबार बिहान नेकपा (एस) काे केन्द्रीय कार्यालय आलाेकनगरमा बसेको बैठकले उक्त निर्णय गरेको नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता तथा समाजवादी मोर्चा नेपालका सचिवालय सदस्य प्रकाण्ड सी ले जानकारी दिए ।
समाजवादी माेर्चाकाे बैठकले यहीँ भदौ ८ गतेदेखि देशका सबै प्रदेशमा समाजवादी माेर्चा घाेषणाकाे सन्देशसभा गर्ने निर्णय गरेको छ ।


जसअनुसार यही भदौ ८ गते विरगञ्ज, १२ गते बुटवल, १३ गते धनगढी, १४ गते सुर्खेत, १५ गते पाेखरा, २३ गते हेटौंडा, २५ गते विराटनगरमा सन्देश प्रवाह कार्यक्रम हुने भएको छ । उक्त सन्देश प्रवाह कार्यक्रममा समाजवादी मोर्चामा आवद्ध सबै शिर्षस्थ नेताहरूले सम्बाेधन गर्नेछन् भने साेही कार्यक्रममा माेर्चाकाे प्रदेशस्तरीय संरचना पनि घाेषणा हुनेछ ।


समाजवादी माेर्चा नेपालको आजको बैठकमा नेपाल कम्युनिस्ट पार्टी, नेकपा (एकीकृत माओवादी), नेकपा (एस) र जसपाका शिर्षस्थ नेताहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]