प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको बैठक स्थगित

२०८० भाद्र ५ गते, मंगलवार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको बैठक एजेण्डामै प्रवेश नगरी स्थगित भएको छ । सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन र संसद्को अवरोध खुलाउने विषयमा आज दिउँसो तीन दलका शीर्ष नेताहरू बसेर टुंग्याउने तयारी रहेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट भएको तस्करीको सुन छानबिनका लागि गठन गरिने उच्चस्तरीय छानबिन आयोगबारे मस्यौदा समितिले तयार पारेको मस्यौदालाई शीर्ष नेता बसेर अन्तिम रुप दिने र संसदको अवरोध खुलाउन बैठक डाकिएको थियो ।
गत साउन ३ गते राजश्व अनुसन्धान विभागको टोलीले विमानस्थलबाट बाहिरिदै गरेको ६१ किलो सुन समातेको थियो । साउन १० यता प्रमुख प्रतिपक्षी दल एमालेले उच्च स्तरीय छानविन आयोगको माग गर्दै संसद् बैठक अवरुद्ध गर्दै आएको छ । तर हिजो सोमबार दलहरुबीच उच्चस्तरीय छानबिन आयोग गठन गर्न सहमति भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]