नेकपाद्वारा एमसीसी कार्यान्वयनविरुद्ध संघर्षको घोषणा
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले एमसीसीलाई कायान्वयनमा लैजाने विषय सम्पूर्णरुपले अस्वीकार्य एवं असैह्य भएको भन्दै संघर्षका कार्यक्रम घोषणा गरेको छ । सो पार्टीका महासचिव विप्लव सी ले मंगलबार बिज्ञप्ति जारी गर्दै संघर्षका कार्यक्रम घोषणा गरेका हुन्।
महासचिव विप्लव सी द्वारा जारी बिज्ञप्तिमा अमेरिकाले देशभक्त नागरिकको माग र आवाजको मात्र होइन संसदले पास गरेको १२बुँदे टिप्पणीप्रति पनि कुनै वास्ता नगरेको स्थितिमा एमसीसीलाई कार्यान्वयनमा लैजाने विषय सम्पूर्णरुपले अस्वीकार्य एवं असैह्य भएको उल्लेख गरिएको छ ।
महासचिव विप्लव सी द्वारा जारी बिज्ञप्तिमा भनिएको छ – `यदि समयमै अमेरिकी साम्राज्यवादी हस्तक्षेपलाई बुझिएन भने देशले ठूलो मूल्य चुकाउनु पर्नेछ र नागरिकहरु पछुताउनु पर्नेछ । यसबारे नेपाल सरकार, सम्पूर्ण राजनैतिक दलहरु, बुद्धिजीवी, नागरिक अगुवा सबै सचेत हौं भन्ने हाम्रो धारणा छ । हामी जो जहाँ छौं त्यहीबाट यो राष्ट्रघाति सम्झौताका विरुद्ध आवाज उठाऔं, संघर्ष गरौं र एमसीसीलाई असफल पारौं । हाम्रो पार्टी देशमाथि हस्तक्षेप गर्ने अमेरिकी साम्राज्यवादी शासक गूटका विरुद्ध सम्पूर्णरुपले प्रतिरोध संघर्षमा उत्रिने जानकारी गराउँदछौं।’
महासचिव विप्लव सी द्वारा जारी बिज्ञप्तिमा एमसीसी कायान्वयनबिरुद्ध नेपाल कम्युनिस्ट पार्टीले भदौ ६ गते देशव्यापी वालिङ, ७ गते एमसीसीको पुत्ला दहन , ८ गते एमसीएको प्रमुख खडकबहादुर विष्टको पुत्ला दहन ,९ गते गाउँगाउँमा जागरण प्रचार , १० गते देशव्यापी जनप्रदर्शन, ११गते काठमाण्डौमा एमसीसीबारे अन्तरक्रिया र १२ गते नुवाकोट, तनहुमा एमसीसीबारे अन्तरक्रिया कार्यक्रम गर्ने उल्लेख गरिएको छ।