एमसीसीविरुद्ध आन्दोलनमा प्रहरी हस्तक्षेप !

२०८० भाद्र ८ गते, शुक्रबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले एमसीसीलाई कायान्वयनमा लैजाने विषय सम्पूर्णरुपले अस्वीकार्य एवं असैह्य भएको भन्दै चलाएको आन्दोलान्माठी प्रहरी दमन भएको छ। एमसीसी सम्झौता विरुद्ध नेपाल कम्युनिस्ट पार्टीले साताव्यापी कार्यक्रम अन्तर्गत हिजो बिहीबार भएको एमसीसीकाे पुत्ला दहन तथा जनप्रदर्शनकाे विरुद्ध प्रहरी प्रशासन दमनमा उत्रिएको छ ।
विरेन्द्र नगरपालिका २ सुर्खेतको विरेन्द्रचाेकमा भएको कार्यक्रमस्थलबाट नेकपा केन्द्रीय सदस्य गणेश सी ‘ध्रुव’ र दैलेख निवासी विद्यार्थी नेता तुलारम सीलाई दैलेख प्रहरीले गिरफ्तार गरेको छ ।
त्यसैगरी कञ्चनपुरका एसपी कमल थापा र प्रहरी निरीक्षक यमबहादुर मल्लको नेतृत्वमा कार्यक्रमस्थल पुगेको टाेलीले महेन्द्रनगर बस बिसाैनी चमनचाेकबाट युवा नेता हर्क सी र अखिल (क्रान्तिकारी) का ललित सीलाई गिरफ्तार गरेको थियो । त्यसैगरी महेन्द्र राजमार्गकाे सुख्खड, घाेडाघाेडी नगरपालिका, कैलालीमा पनि प्रहरीले हस्तक्षेप गरेको नेकपा नेता डबलले बताए ।
त्यसैगरी दाङ तुलसीपुर बजारमा राखिएको डिजिटल प्रचार सामाग्री प्रहरीले हटाएको र त्यो देशद्राेही कदम भएको आराेप नेकपा नेता सविन सीले लगाएका छन् । उता झापाकाे बिर्तामोड बजारमा रहेको मुक्तिचाेकमा राखिएको एमसीसी विरुद्धको प्रचार सामाग्री फाल्न आएकाे डिएसपी सुरज कार्कीको प्रहरी टाेली जनताको ठूलो विरोध र प्रचार सामग्री फालेको तस्बिर खिच्न आएकाे पत्रकारहरु क्यामरा साेझ्याएर बसेपछि देशद्राेही आराेप लाग्ने भएपछि फर्केर गएको र सिडियाे शिवराम पाेख्रेललाई राति निशाचरले झैँ होइन, जनताको बिचमा फाल्न चुनाैती दिएपछि प्रहरी पछि हट्नु सकारात्मक कदम भएको नेकपा केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमन सिंह सीले बताएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]